समाचारप्रति आपत्ति

उर्लाबारी, असार ५ । पूर्वेली क्रसर उद्योग र एचकेआर इन्डस्ट्रिजका सञ्चालकले मङ्गलबार छुट्टाछुट्टै विज्ञप्ति निकालेर आफू र आप्mनो उद्योगका बारेमा आएका सबै समाचार असत्य रहेको बताएका छन् ।
पूर्वेली क्रसर उद्योगका अध्यक्ष गोविन्दप्रसाद भट्टराई र ओजोन पानीको उत्पादक कम्पनी एचकेआर इन्डस्ट्रिजका सञ्चालक धु्रवचन्द्र पराजुली र नरकाजी श्रेष्ठले विज्ञप्ति निकालेर केही दिनयता पत्रपत्रिका र अनलाइनमा आप्mना उद्योगका बारेमा प्रकाशित समाचारको खण्डन गरेका हुन् ।
पूर्वेली क्रसर उद्योगका अध्यक्ष गोविन्दप्रसाद भट्टराईले उद्योग र आप्mनो व्यक्तिगत चरित्र हत्या कुत्सित मनसायले समाचार आएको भन्दै समाचारप्रति गम्भीर रुपमा ध्यानाकर्षण बताएका छन् ।
उद्योगले दैनिक सरदर ६० हजार रुपैंयाँ राज्यलाई राजस्व तिरिरहेको उल्लेख गर्दै सामाजिक क्षेत्रमा उद्योगले उल्लेखनीय योगदान पु¥याएको उनले उनले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, ओजोन पानीका सञ्चालकद्वय धु्रवचन्द्र पराजुली र नरकाजी श्रेष्ठले समेत विज्ञप्ति निकालेर आप्mनो उद्योग र व्यावसायीका विषयमा भ्रामक समाचार छापेर व्यक्तिगत चरित्र हत्या गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

Facebook Comments

One comment

  1. Pingback: Google