डा. देवकोटामा हार्दिक श्रद्धासुमन

धर्म गौतम
डा. उपेन्द्र देवकोटा हामीमाझ रहेनन् । स्नायु विशेषज्ञ चिकित्सकका रुपमा उनी स्वदेशमा त विख्यात् थिए नै विदेशमा पनि उनको राम्रो छवि थियो भनेर जानकारहरु बताउँछन् । त्यस अर्थमा यो धर्तीले एउटा सुयोग्य चिकित्सक गुमाएको छ । स्वास्थ्य विज्ञानको क्षेत्रमा साँच्चै अपुरणीय क्षति भएको छ । उनको स्तरको चिकित्सक जन्माउन यस देशलाई कति समय लाग्ने हो भन्न सकिन्न ।

एउटा चर्चित चिकित्सकका रुपमा उनका बारेमा सुने जानेदेखि नै उनकाप्रति यो पंक्तिकारमा धेरै श्रद्धा थियो । स्नायु विज्ञान आफमा एउटा जटिल विषय हो । त्यस्तो विषयमा विशेषज्ञता हासिल गर्नु चानचुने कुरा होइन । स्वास्थ्य विज्ञानमा चासो राख्ने भएकाले त्यस क्षेत्रमा भएका प्रगतिका बारेमा पाएसम्म जानकारी राख्नु पंक्तिकारको रुचिको विषय हो । मानिस वास्तवमा स्नायुहरुको एउटा पुञ्ज हो । मानिसका शरीरमा स्नायुहरुले कसरी काम गर्छन् भनेर सामान्य जानकारी पाउँदा मात्रै पनि संसारमा सबैभन्दा आश्चर्यको विषय त्यही हुन आउँछ ।

चिकित्सा क्षेत्रभन्दा भिन्न प्रसङ्गमा पनि उनी दुईपटक चर्चामा आए । एकपटक राजा ज्ञानेन्द्रका मन्त्री हुँदा र अर्कोपटक उनकी छोरी काठमाडौँमा अपहरणमा पर्दा । मन्त्री बनेर राजा ज्ञानेन्द्रको शासनलाई समर्थन गरेकामा उनका प्रति धिक्कारको भाव आएको थियो । उनले राजा ज्ञानेन्द्रको स्वेच्छाचारी शासनलाई किन समर्थन गरे भन्ने सन्दर्भमा उनका कुरा सुन्न र जान्न पाएको छैन । तर जे भए पनि उनको जीवनको सबैभन्दा गलत निर्णय थियो त्यो भन्नेमा म दृढ छु ।

हिजो आज सुनिन्छ, मन्त्री भएर पनि उनले राम्रा काम गरेका रहेछन् । राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन उनकै पालामा अध्यादेशमाफ भएको रहेछ । यस प्रतिष्ठानले नेपालमा विशेषज्ञ चिकित्सक उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको छ । मन्त्रीको जिम्मेवारी पूरा गरेर आफो कार्यकक्षबाट उनी सोझअस्पताल जान्थे र राति अबेरसम्म बिरामीको उपचारमा, शल्यक्रियामा, लाग्थे भन्ने जान्दा उनमा आफो पेशाप्रतिको सम्मान र एक चिकित्सकका रुपमा रोगीप्रतिको दायित्व अथाह रहेछ भन्ने थाहा हुन्छ ।

यस बेला सामाजिक सञ्जालमा उनको चर्चा शिखरमा छ । उनले सायद स्कुलका विद्यार्थीहरुलाई सम्बोधन गर्दै गरेको एउटा भिडियो क्लिप पनि सञ्जालमा छ । त्यसमा उनले भनेका छन्, तिमीहरुलाई अभिभावकले आशीर्वाद दिँदा फल्ना जस्तो भएस् भनेर भन्छन् । त्यो भनिएको व्यक्ति अवश्य नै ठुलो मानिस हो । अहिले त्यस्ता मानिस भेट्न दुर्लभ छ । हाम्रा पालामा, हामीलाई अशीर्वाद दिँदा हाम्रा अभिभावकले भन्दथे- लक्ष्मीप्रसाद देवकोटा जस्तो सरस्वतीको वरद पुत्र जस्तो विद्वान भएस् । हामीलाई विश्वेश्वरप्रसाद कोइराला र गणेशमान जस्तो भएस् भनिन्थ्यो । अहिले त्यस्ता मानिस खोइ कहाँ छन् र ?

विश्वेश्वरप्रसाद कोइराला र गणेशमानलाई आदर्श मान्ने डा. देवकोटा राजा ज्ञानेन्द्रको पछि किन लागे, घरिघरि बिझाउँछ मनमा । बेलायत जस्तो लोकतन्त्रको जननी मानिने मुलुकमा दशक बढी रहेर पढेका र काम गरेका देवकोटालाई केले राजा ज्ञानेन्द्रका पछि लाग्न प्रेरित र्गयो ? कि कुनै वाद्यतामा परेका थिए उनी ? यसबारेमा उनको भनाइ सार्वजनिक भएको छ छैन, थाहा भएन । जे भए पनि त्यो उनको गलत निर्णय थियो ।

पूर्वीय दर्शनमा इच्छा मरणको कुरा छ, त्यो के सन्दर्भमा कसरी आएको छ थाहा भएन । सायद विषयको समग्र ज्ञानको अभावमा होला पूर्वीय दर्शनमा मनग्गे विरोधाभासहरु भेटिन्छ । इच्छा मरणको सामान्य अर्थ हुन्छ आफे चाहेका बेला प्राकृतिक रुपमा आफो देह त्याग गर्नु । भनिन्छ, जन्म र मृत्यु पूर्वनिर्धारित छ, त्यसको तिथि मिति पहिले नै तय भएको हुन्छ । त्यसो हो भने मृत्यु कसैको बसमा छैन । यसरी हेर्दा इच्छा मरण कसरी हुन सक्छ र ? तथापि साधारण हिसाबले हेर्दा डा. देवकोटाले इच्छा मरण वरण गरेजस्तो लाग्छ । यस्तो मरण सामान्य मानिसको बसको कुरा अवश्य होइन ।

सकल जीवमा मृत्यु अवश्यम्भावी छ । बेलायतको उच्चस्तरको अस्पतालमा त्यहाँका विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य विज्ञानमा हालसम्म उपलब्ध विधि र प्रक्रियाको अवलम्बन गरेर उनको उपचार गर्दा समेत जब त्यसको सकारात्मक प्रभाव देखिएन तब डा. देवकोटालाई लाग्यो होला अब मेरा दिन धेरै छैनन् । त्यसैले, उपचारको थप प्रयोगको शिकार हुनुभन्दा आफै भूमिमा गएर परिवारजनबीच यो देह त्याग्छु । बेलायतमै बसेर त्यहाँका चिकित्सकको जिम्मा आफाई छाडेका भए हुनसक्छ थप केही दिन उनको जीवन लम्बिन्थ्यो । तर, त्यो विकल्प उनलाई रुचिकर भएन । उनी स्वदेश आए, आफो जन्मथलो पुगेर आफै पँधेराको पानी पिए । र, त्यसपछि शुभचिन्तक र परिवारजनसँग विदा मागे । उनको अन्तिम इच्छाको सम्मान गरियो । उनको विदाइबाट साह्रा नेपाली भावविह्वल भए ।

हाम्रो गाउँघरमा भन्ने गरिन्छ, कसैले पनि देह त्याग गरिसकेपछि, त्यसबाट जस्तै चोट परे पनि आँशु नबगाउनु । आफन्तजनले आँसु बगाइदियो भने नश्वर शरीर त्याग गरेर विदा भएको आत्माको परमधामतिरको यात्रामा कठिनाइ आउँछ । यो शोकाकूलहरुलाई सम्झाउने एउटा तरिका हो । मृत्युको अवश्यम्भावितालाई स्वीकार गराउने एउटा उपाय हो ।

ओशोका अनुयायीहरु त मृत्युलाई उत्सवका रुपमा ग्रहण गर्नु पर्दछ भन्दछन् । मृत्यु मुक्तिको बाटो हो । जीवनमा सत्कर्म गरिएको छ भने जन्म मरणको चक्रमा पुन: आइरहनु पर्दैन । दुष्कर्म गरिएको छ भने मात्रै त्यसलाई चुक्ता गर्न पुन: यस धर्तीमा जन्म लिनु पर्दछ । अनेकन दु:ख र कष्ट व्यहोर्नु पर्दछ । यसरी मृत्यु दर्शनले मानिसलाई सत्कर्मका लागि प्रेरित गर्दछ ।

डा. देवकोटाले हजारौँको उपचार गरे । हजारौँको शल्यक्रिया गरे । हजारौँलाई नयाँ जीवन दिए । यसरी उनीबाट नयाँ जीवन पाउनेहरु उनको निधनबाट कति मर्माहत भएका होलान् ? डा. देवकोटाको महाप्रयाणलाई आज तिनीहरु पनि नियालिरहेका होलान्, जसले सत्ता र शक्तिका लागि हजारौँको वध गरे । देवकोटाको निधनलाई देखेर, उनको निधनमा शोकाकूलहरुलाई देखेर उनीहरुले आफे गरेका दुष्कर्मलाई मन मनमै सही दुत्कार मात्रै गरिदिए पनि आगामी दिन नेपालीहरुका लागि अलिक सहज हुन सक्ने थिए ।

यी हरफ लेख्दै गर्दा मेरो टेबलमा हिजो मात्रै हात लागेको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको प्रकाशन ‘पारदर्शी’ को पछिल्लो अंक छ । त्यसको आवरणमा दिपक गौतमले तयार गरेका दुई काल्पनिक चित्र छन् । चित्रमा एकापट्टि एउटा सामान्य जीउडालको मानिस आफो बिस्तारामा मस्तले निधाइरहेको छ । उसको सिरानमुनि केही नोटहरु छन् । अर्कोपट्टि हेमानको भुँडी भएको मानिस नोटका सयौँ बिटामाथि पल्टेको छ तर उसलाई निन्द्रा परेको छैन । सामने टेबलमा औषधिको पत्ता छ, सायद त्यो निन्द्रा दिने चक्की होला र त्यसबाट उसले एकाध चक्की सेवन समेत गरेको होला किनभने सँगैको ग्लासमा पानी पिँधमा मात्रै छ तथापि निदाउन सकेको छैन । दुबै चित्रको माथि अढाइ अक्षर छन् । पहिलोमा ‘मस्त….’ र दोस्रोमा ‘त्रस्त….’ ।

सायद त्यो मस्त निन्द्राको मानिसले आम नेपालीको प्रतिनिधित्व गर्छ र अर्को अर्थात् त्रस्तले शासक वर्गको प्रतिनिधित्व गर्छ । शासकहरुमा सत्ताको माद कतिसम्म छ भने एउटा सामान्य पत्रकारले तिनलाई अरुचिकर लाग्ने प्रश्न सोध्यो भनेर उसलाई उसले गर्दै आएको कामबाट मुक्त गरिन्छ । पत्रकारको धर्म हो प्रश्न सोध्ने, सत्तामा बस्नेको धर्म हो उत्तर दिने । तर, सत्तामा धर्मच्युत भएकाहरुको प्राधान्यता भएपछि पत्रकारले चुप रहनुको पीडा बोकेर हिँडनुको विकल्प छैन ।

बृद्ध र रोगी मानिस तथा एउटा मानव शव देखेर सिद्धार्थ गौतम सत्यको खोजमा लागेर अन्तत: बुद्ध भएका थिए । डा. देवकोटाको शवमा माला चढाउन पुगेका सत्तावालहरुको मनमा पनि त्यस्तै परिवर्तन आइदिन सके तिनीहरु कति मिठो निद्रा निदाउन सक्थे होला ? आशा गरौँ निद्रा हराउने दुष्कर्मबाट हाम्रा सत्ताका झरु क्रमश: निद्रा पर्ने खालका काम गर्नतफउन्मुख हुनेछन् । तिनको बुद्धि फिरेको देखेर डा. देवकोटाको आत्मा रमाउन पाओस् । डा. देवकोटामा हार्दिक श्रद्धाञ्जलि ।

Facebook Comments