रणवीर र दीपिकाको टुंगो लाग्यो विवाह

लामो समय प्रेममा रहेका अभिनेता रणवीर सिंह र दीपिका पादुकोणको विवाह होला कि नहोला भनेर अन्योलमा बस्ने दिन सकिएका छन् । विवाह यही वर्षमा हुने वा नहुने भन्ने खबरहरुको आइरहे पनि अब भने विवाहको मिति अन्तत: टुंगो लागेको छ । अभिनेता रणवीर सिंह र दीपिका पादुकोणले यसै वर्षको नोभेम्बर १० मा विवाहको लगनगाँठो कस्न लागेको खबर सार्वजनिक भएको छ ।

केही हप्ताअगाडि दुवैले नोभेम्बर १० मा विवाह गर्न लागेको हल्ला चलेको थियो । अहिले त्यो हल्ला सही सावित भएको छ । खबरहरुका अनुसार विवाहको मितिका टुंगो लगाउन धेरै समय लागेको थियो । किनकि रणवीर सिंह र दीपिका आफो विवाह एकदमै व्यवस्थित तथा सही तरिकाले सम्पन्न होस् भन्ने चाहन्छन् । रणवीर दीपिकाका साथै घर परिवारका सदस्यहरुको लागि समेत नोभेम्बर १० को मिति अनुकूल हुने भएकाले यो जोडीले उक्त मिति रोजेका हुन् । विवाहको मिति केही हप्ताअगाडि मात्रै टुंगो लागेको बताइएको छ ।

विवाहको कार्यक्रम भारतभन्दा बाहिर इटाली वा भारतकै बेङ्लोर वा दुवै स्थानमा हुन सक्ने सम्भावना रहेको छ । यसअघि अभिनेत्री अनुष्का शर्मा र विराट कोहलीले पनि इटालीमा विवाह गरेर भारतमा रिसेप्सन राखेका थिए । दीपिका रणवीरले पनि विरुष्काकै बाटो पछ्याउन सक्ने सम्भावना पनि रहेको छ ।

Facebook Comments