स्वस्तिमा खड्का टेम्पो चालक बन्दै

अभिनेत्री स्वस्तिमा खड्का सिनेमा ‘बुलबुल’ मा टेम्पो चालकको रुपमा प्रस्तुत हुने भएकी छिन् । निर्माण पक्षले यस सिनेमाको आधिकारिक घोषणा गरेको छ । विनोद पौडेलको कथा, पटकथा तथा निर्देशन रहने यस सिनेमामा स्वस्तिमा प्रमुख भूमिकामा छन् ।

सिनेमामा आफू रनकलाको भूमिकामा प्रस्तुत हुने जानकारी दिँदै स्वस्तिमाले आफो लागि यो भूमिका निकै नै चुनौतीपूर्ण रहेको बताइन् । सिनेमाको लागि नै स्वस्तिमाले केही दिन यता टेम्पो सिकिरहेकी छन् । सिनेमामा आफो यो भूमिकालाई लिएर स्वस्तिमा निकै उत्साहित देखिइन् । यस सिनेमामा स्वस्तिमाका अलावा मुकुन भुसाल, जोयश पाण्डे, लक्ष्मी बर्देवा, दिपक क्षेत्री, उज्ज्वल अधिकारीलगायतका कलाकारको पनि अभिनय रहनेछ । सिनेमामा आशिका अधिकारीलाई बाल कलाकारको रुपमा देख्न सकिनेछ ।

‘बुलबुल’ मा कोसिस क्षेत्री र उद्गम परियारको संगीत, सुशान प्रजापतिको छायांकन रहनेछ भने अविरल थापा, भीम थापा, राजु पौडेल र पुरुषोत्तम पाण्डेले लगानी गरेका छन् ।

Facebook Comments