प्रतिभाशाली जीवन

सामान्यत: मिलेको जिउडाल र अनुहार राम्रो भए जोसुकैलाई मोडल बन्ने रहर पलाउँछ र उनीहरु जुन हद पार गरेर भए पनि मोडलिङको धोको पूरा गर्छन् । अभिनयमा निखारता नभए पनि रहरैरहरमा यस क्षेत्रमा भित्रिने जमात नेपालमा धेरै छ । तर यही भिडमा झापा सुरुङ्गाका जीवन ओडारी फरक सोच र उद्देश्यका साथ ग्लामर क्षेत्रमा प्रवेश गरेका एकजना मोडल हुन्, जो बाहिरी आवरणभन्दा पनि अभिनय क्षमतामा विश्वास राख्छन् ।

हुनत यिनको शारीरिक बनावट र मिलेको अनुहार हेर्दा जोसुकैले मोडल भन्ने ठान्छन् । तर उनी आफो जिउडाल र पर्सनालिटीभन्दा बढी अभ्यास र अभिनय पोख्ततामा विश्वास राख्छन् । पैसा खर्च गरी मोडल बन्ने प्रचलन बढेकोमा यिनी दुखेसो व्यक्त गर्छन् । यसअघि धेरैपटक रयाम्प वाक गरिसकेका जीवन मोडल मात्र नभई इभेन्ट म्यानेजमेन्टका साथै विभिन्न रियाली टी सोमा जर्जको भूमिका निर्वाह गर्दै आइरहेका छन् ।

प्रमोद खरेल, आनन्द कार्कीलगायत अन्य धेरै चर्चित गायकका गीतमा अभिनय क्षमता प्रदर्शन गरिसकेका यिनी आफाई सुहाउँदो स्क्रिप्टमा मात्र काम गर्न रुचाउँछन् । आफयस क्षेत्रका लागि नयाँ नभए पनि लगानी गरेर भिडियो खेल्न केही निर्देशकहरुको आग्रहप्रति यिनको घोर आपत्ति छ । ‘मैले छानेर भिडियो खेलेको छु र प्रतिभा दर्शाइ दर्शकको मन जिते पनि केही निर्देशकहरु लगानी गर्न आग्रह गर्छन्, यस्ता कुराले धेरै दु:खी तुल्याउँछ’, उनी भन्छन् । आगामी दिनमा मोडलिङ क्षेत्र व्यावसायिक हँुदै जानेमा आशावादी रहेका जीवनले कला क्षेत्रलाई नै अघि बढाउने सोच राखेका छन् ।

Facebook Comments