नीलडेभिड्स इन्टरनेसनल युनिसेक्स सलुन दिल्लीमा

अन्तर्राष्ट्रिय हेयर एक्सपर्ट नीलडेभिड कटवालको आइतबारदेखि दिल्लीको जिके २ एम ब्लक मार्केटमा नयाँ सलुन सञ्चालन भएको छ । १८ सय स्क्वायर फिट क्षेत्रफलको उक्त सलुन हरेक सुविधाले सम्पन्न छ ।

एक्सक्ल्युसिभ सलुनको रुपमा सञ्चालनमा आएको नीलडेभिड्स सलुनमा एक करोड भारतीय रुपैयाँ लगानी गरिएको छ । आइतबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको सलुनको सफ लञ्च समारोहमा डाक्टर, इन्जिनियरदेखि उद्योगपतिहरु समेतको राम्रो जमघट थियो । हेयर स्टाइलिस्ट कटवालका अनुसार आगामी अगष्ट १९ का दिन ग्रान्ड ओपनिङ गर्ने तयारी भइरहेको छ ।

नीलडेभिड्स ब्रान्ड नेपालबाट सन् २००६ मा प्रारम्भ भएको हो । काठमाडौँ मलबाट प्रारम्भ भएको नीलडेभिड्स सलुन भारत र नेपालमा फन्चाइज ब्रान्डको रुपमा स्थापित भइसकेको छ । ब्रान्डको रुपमा लोकप्रिय भएको नीलडेभिड्स सलुन भारतको राजधानीमा समेत सञ्चालन गरिएको हो । ‘मेरो त सपना नै साकार भएको जस्तो अनुभव गरिरहेको छु’, हेयर एक्सपर्ट कटवालले भने, ‘सपना त साकार भयो नै, नेपालको नामलाई पनि अन्तर्राष्ट्रिय बजारमा नेपाली हेयर स्टाइलिस्टको रुपमा चिनाउन सफल भएकोमा खुसी छु ।’

नीलडेभिडले निकट भविष्यमै भारतका विभिन्न सहरहरुमा नीलडेभिड्स ब्रान्ड स्थापित गर्ने योजना बनाएका छन् भने भारतमै नीलडेभिड्सको फन्चाइसको माग बढ्न थालेको छ ।

Facebook Comments