चलचित्र ‘रोजी’ र ‘रामकहानी’ भिड्ने

आउँदो भदौ २२ गते वर्ष २०७५ को सबैभन्दा ठुलो महासंग्राम हुने भएको छ । यो मितिमा निर्देशक सुदर्शन थापा निर्देशित तथा अभिनेत्री पूजा शर्मा अभिनीत फिल्म ‘रामकहानी’ रिलिज हुँदैछ । उक्त फिल्मले रिलिज डेट घोषणा गर्दा यो मितिमा अन्य फिल्म थिएनन् । यसैबीच सलोन बस्नेत र सारा सिर्पाली अभिनीत फिल्म ‘सुश्री सम्पत्ति’ ले प्रदर्शन मिति घोषणा र्गयो ।

अब भदौ २२ मा दुईटा फिल्म मात्र रिलिज नहुने भएका छन् । युवा स्टार प्रदिप खड्का अभिनीत फिल्म ‘रोजी’ पनि उक्त मितिमा रिलिज हुने भएको छ । तीजलाई लक्षित गर्दै ‘रोजी’ टिमले ‘रामकहानी’ सँग भिड्ने आँट कसेको छ ।

फिल्म ‘रोजी’ को टिजर सार्वजनिक भइसकेको छ । फिल्ममा अभिनेता खड्का एक किलरको भूमिकामा प्रस्तुत छन् । निरक पौडेल निर्देशित यो फिल्ममा परमिता आरएल राणा, मिरुना मगर, कर्मा शाक्यलगायतका कलाकारहरु पनि अभिनय छ ।

Facebook Comments