अर्जुनधारामा पूर्ण खोप सुनिश्चितता घोषणा

शनिश्चरे, असार २४ । अर्जुनधारा नगरपालिकामा पूर्ण खोप दिगोपना सुनिश्चितता शनिबार घोषणा गरिएको छ ।

नगरभित्र रहेका १६ महिनादेखि २३ महिनासम्मका बालबालिकामा पूर्ण खोप लगाइसकेपछि नगरको स्वास्थ्य शाखाको आयोजनामा सुनिश्चितता घोषणा गरिएको हो । पूर्ण खोप भएको घोषणा गर्दै नगरका प्रमुख हरिकुमार रानाले स्वास्थ्यजस्तो सम्वेदनशील क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी र स्वयम्सेविकालाई ध्रन्यवाद प्रकट गरे ।

‘अर्काको बच्चालाई आफै बच्चा सम्झिएर अहोरात्र खट्ने सबै स्वयम्सेविकालाई नमन गर्दछु’, उनले भने, ‘आफो कामलाई थाँती राखेर नगरबासीको स्वास्थ्यलाई महत्व दिने स्वयम्सेविकामा थप उर्जा मिल्नसकोस् मेरो अनुरोध छ ।’

सरकारले अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखालाई चालु आर्थिक वर्षमा ११०४ जना बच्चामा पूर्ण खोप लगाउने लक्ष्य दिएको थियो । तर, ९२९ जनामात्र १६ देखि २३ महिनाको बच्चा भेटिएको र पूर्ण खोप लगाइएको शाखा प्रमुख मुकुन्द बस्नेतले बताए । उनका अनुसार यसबीचमा १५ महिनासम्मका १३२१ जना नयाँ बालबालिका फेला परेको छ । उनीहरुलाई आगामी चैतसम्म पूर्ण खोप लगाइनेछ ।

राष्ट्रिय खोप तालिका अनुसार बालबालिकालाई १५ वटा खोप लगाइन्छ । बाल मृत्युदर र महिला मृत्यु दर घटाउन चालिएको यस अभियान पूरा गरी पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने अर्जुनधारा झापामै पहिलो नगर भएको छ ।

मेयर हरिकुमार रानाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ६ का अध्यक्ष लोकनाथ गौतम र महिला स्वयम्सेविकाका तर्फबाट गोमादेवी न्यौपानले आफा भनाइ राखेका थिए । शनिश्चरे स्वास्थ्य केन्द्र, अर्जुनधारा र खुदुनाबारी स्वास्थ्य चौकी तथा ६ जना स्वयम्सेविकालाई सम्मान गरिएको कार्यक्रममा उपमेयर कमला आचार्य, सबै वडाका वडाध्यक्ष, स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो ।

Facebook Comments

5 प्रतिक्रिया

  1. Pingback: Google

  2. Pingback: Interracial Porn

  3. Pingback: xxx

  4. Pingback: wholesale

  5. Pingback: Uit eten