भोली मौद्रिक नीति आउँदै

नेपाल राष्ट्र बैंकले बुधबार आगामी आर्थिक वर्ष २०७५।७६को मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । अनुसन्धान विभागले ब्यवस्थापन समितिमा छलफल सकेर संचालक समितिमा प्रस्तुत गरेको प्रस्तावित मौद्रिक नीतिमाथिको छलफल सकेर राष्ट्र बैंकले बुधबार सार्वजनिक गर्ने तयारी गरेको हो ।

मौद्रिक नीतिले व्याजदरको समस्या समाधानका लागि उचित व्यवस्था गर्ने अपेक्षा गरिएको छ । यसका लागि  राष्ट्र बैंकले स्प्रेड दरमा नै हेरफेर गर्ने बुझिएको छ ।

निक्षेप संकलन, मर्जर, सेयर धितो कर्जा, रियल स्टेट कर्जा लगायतका विषय मौद्रिक नीतिमा समेटिने छन् । रियलस्टेट कर्जामा गरिएको कडाईलाई राष्ट्र बैंकले निरन्तरता दिनेछ । उत्पादनमूलक क्षेत्रमा लगानी, मर्जर तथा बैंकिङ पहुँच विस्तारको विषय प्राथमिकतामा नै रहनेछन् ।

 

 

bankingkhabar.com

Facebook Comments