सुरुङ्गामा एनआइसी एसिया बैंकको शाखा

बिर्तामोड, असार २६ । एनआइसी एसिया बैंकले झापाको कनकाई नगरपालिकास्थित सुरुंगामा नयाँ शाखा स्थापना गरेको छ ।

२ सय १० औँ शाखाको रुपमा झापाको व्यस्त बजारमध्ये एक सुरुंगामा बैंकले शाखा विस्तार गरेको शाखा प्रबन्धक सागर दाहालले बताए । सो शाखाको आइतबार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उद्घाटन गरेका छन् ।

यो शाखासहित मुलुकभर बैंकका २२५ शाखा कार्यालय सञ्चालनमा आएका छन् । २१४ एटिएम, १४ वटा एक्सटेन्सन काउन्टर एवम् १० वटा अञ्चल शाखासहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको एनआइसी एसिया निजी बैंकमध्ये सबैभन्दा ठूलो सञ्जाल भएको बैंक भएको अञ्चल कार्यालय मेचीका उपप्रमुख रविन बारियाले बताए ।

उनका अनुसार मेचीमा मात्रै १६ वटा शाखा सञ्चालनमा रहेका छन् भने झापामा मात्रै १४ वटा शाखा सञ्चालनमा रहेको र केही दिनमा नै दमक र बिर्ताबजारमा पनि शाखा विस्तार गरिनेछन्। अब झापामा एनआइसीका १६ वटा शाखा सञ्चालन हुनेछन् । लगानी र बचतका हिसाबमा झापा उत्कृष्ट जिल्ला रहेकाले झापामा बैंकले धेरै शाखा स्थापना गर्न सफल भएको उपप्रमुख बारियाको भनाइ छ । उनले हाल बैंकको १ खर्ब ५० अर्ब पुँजी र १ खर्ब ३० अर्ब लगानी रहेको समेत बताए ।

बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको एनआइसीले जनाएको छ । हाल सो बैंकले नेपालमा कारोबार गरेको २० वर्ष पुगेको छ ।

Facebook Comments