‘आदिवासी रंगशालामा गेजो गरिँदैछ’

हुकुमसिंह राई झापाको राजनीतिक तथा सामाजिक क्षेत्रमा चिनिएको नाम हो । गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा राई झनै चिनिए, लोकप्रिय बने । कारण थियो, झापा कमल गाउँपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसबाट प्रत्यासी राईले प्रतिस्पर्धीसँग बराबरी मत पाएका थिए । प्रमुख पदमा छिनोफानोका लागि उनी गोलाप्रथाबाट पराजित भए । तत्कालीन नेकपा एमालेकी नेतृ हालकी प्रमुख मेनकुा काफ्लेसँग समान मत आएपछि गोलाबाट पराजित हुन पुगे उनी । त्यही परिमाणले गर्दा नै उनी त्यसबेला सामाजिक सञ्जाल तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका अखबारमा समाचारका विषय बने । तर, युवा व्यक्तित्व राई गोलाबाट हार खाए पनि आफ्नो भाग्यभन्दा कर्मप्रति उत्तिकै क्रियाशील बने । कहिले युवामाझ त कहिले ज्येष्ठ जस्ता विभिन्न सामाजिक कार्यमा समय दिँदै आए । त्यही सक्रियताका कारण उनी कमल गाउँपालिका-५ स्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको ३ महिनाअघि नेतृत्वमा आए । रंगशालाको नेतृत्वमा निर्विरोध बनेका राई भन्छन्, ‘रंगशाला बनाउने जुन उद्देश्यका साथ सुरुवात गरिएको छ, त्यसलाई सक्रियताका साथ सम्पन्न गर्न समितिको दायित्व छ ।’ कमल गाउँँपालिका-५ निवासी राई राजनीतिबाहेक त्यहाँको मंगलबारेस्थित सगुन युवा क्लब, मंगलमय माविको अध्यक्ष भएर आफो अनुभव सम्हालिसकेका छन् । रंगशाला समितिका अध्यक्ष राईसँग विवचेनाका लागि विष्णु सुब्बाले आदिवासी रंगशालाको बारेमा गरिएको कुराकानी :

आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठान कस्तो संस्था हो ?

यो संस्था सरकारी मान्यताप्राप्त एउटा गैरसरकारी संस्था हो । जुन संस्था देशको प्रचलित कानुनबमोजिम दर्ता भई सञ्चालनमा आएको सर्वविदितै छ । मूलत: यस संस्थाको जन्म अथवा स्थापना भनौँ, विशिष्ट प्रकृति छ, जुन अन्य संस्थाहरुसँग त्यसको मेल खाँदैन । यो संस्था एउटा महान उद्देश्यका साथ जन्मिएको हो भन्नेमा कसैको दुईमत छैन पनि । जहाँसम्म संस्थाको जन्म भनेको साविक लखनपुर-१ को पाथिभरा सशस्त्र प्रहरी बलको परिसरमा रंगशाला बनाउने लक्ष्य रहेको छ, जुन आजसम्म पनि त्यसरी नै सञ्चालन हुँदै आएको छ  ।

त्यहाँका ७३८ वटा चिहान भत्काएर आदिवासी रंगशाला बनाउने उद्देश्यमा केन्द्रित रहिआएको छ । ३५ बिघाभन्दा बढी क्षेत्रफलमा अवस्थित रंगशालाको निर्माणाधीन कार्यमा यसले समन्यकारी भूमिका निर्वाह गर्दै आएको छ । यो विशुद्ध सामाजिक संस्था भएकाले रंगशाला निर्माण गर्नका लागि स्थानीयस्तरमा चाहिने आधारभूत व्यवस्थापकीय पाटो पूरा गर्दै आएको छ ।

प्रतिष्ठान स्थापना पछि संस्थागत रुपमा के के उल्लेखीय काम गर्नुभयो ?

हामीभन्दा अघिल्ला समितिले यस संस्थालाई यहाँसम्म ल्याउन धेरै काम गरेको विदितै छ । प्रतिष्ठानको एक दशक स्थापना भएको अवस्थालाई फर्केर हेर्दा यहाँ निकै काम भएका छन् । रंगशालालाई नामकरणअनुसार विकास गर्न विभिन्न चरणमा काम भएका छन् । यसलाई हामी सबैले सकरात्मक रुपले लिनुपर्छ । यस प्रतिष्ठान हामी सबैको सरसहयोगबाट यहाँसम्म आएको छ । अघिल्लो समितिले रंगशालाको प्रारम्भिक चरणका कामहरु गरेका देखिन्छन् ।

रंगशालाको अस्थायी घेराबेरा, मैदान सम्याउने, स्मृति पार्कका आधारभूत करिब डेढ करोड मूल्यका विभिन्न संरचनाहरु बनिएका छन् । तर, ती संरचनाको कामले पूर्णता भने पाउन सकेन । रंगशालाको काममा सरकारपिच्छे केही अप्ठ्यारो बनाउने नीतिगत व्यवस्था गरिँदा लक्ष्यअनुरुप काम हुन सकेन ।

तपाईं निर्वाचित हुनु भएपछि प्रतिष्ठानले अहिलेसम्म केके र्गयो त ?

संस्थागत रुपमा जातीय संस्थाहरुसँग आन्तरिक समन्वय गर्ने काम भए भने रंगशालाको विषयमा नै स्थानीय, प्रदेश तथा संघीय सरकारदेखि राजनीतिक दलहरुसँग आफा एजेन्डा र्पुयाउने काम गरेका छाँै । यी प्रक्रियाहरु चलायमान छन् । जहाँसम्म प्रगतिका कुरा अहिले नै देखिएका छैनन् तर हामी संस्थाले संकल्प गरेको रंगशाला निर्माण गर्ने अभियानमा नै परिचालित छौँ ।

हामीले प्रदेश सरकारका अर्थमन्त्री इन्द्र आङबो, काठमाडाँै नै डेलिकेशन गएर कांग्रेस तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्षज्यूहरुसँग रंगशालाको विस्तृत योजना स्मरण गराउने काम गरेका छौँ । हामी निर्वाचित भएपछि यस रंगशाला अब बन्नेछ भन्ने आम जनमानसको बुझाइलाई साक्षात्कार गराउन निरन्तर क्रियाशील रहेका छौँ ।

रंगशाला निर्माणमा बाधा अड्चन उत्पन्न भए भन्ने कुरा आएको छ नि ?

सरकारले यस रंगशालालाई उपेक्षा गरेको ठानेका छौँ । सहयोग हुनु पर्थ्याे तर बढी उपेक्षा भएको हामी सरोकारवालाहरुले महसुस गरेका छौँ । सुरुवात क्रममा सरकारले सहयोग गरे पनि पछिल्ला वर्षमा भने जालझेल गरिएको पाइएको छ । स्थानीय सरकार, प्रदेश तथा संघीय सरकारले समेत यतिका पूर्वाधारयुक्त क्षेत्रको रंगशालालाई प्राथमिकता दिएको पाइँदैन । उदाहरणका रुपमा वर्तमान सरकारले ल्याएको बजेटमा समेत यसै रंगशालालाई नाम नै उल्लेख नगरी मदन भण्डारी राष्ट्रिय रंगशाला लखनपुर भनेर २ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यसअघिका वर्षमा समेत रंगशालामा त्यसै गरेर डेढ करोड रुपैयाँ विनियोजन गरी त्यस बजेट नै परिचालन हुन सकेन । यो बजेटको व्यवस्थाले हामी यस क्षेत्रमा रंगशाला बनोस् भन्ने आमजनताको आशामाथि तुषारापात गर्ने काम भएको छ । हामी प्रस्ट हुन सकेनाँै, त्यो उल्लेखित बजेट कुन रंगशाला वा खेल मैदानको लागि विनियोजित गरिएको हो ? यो जिज्ञासा स्पष्ट गरिदिन यसै पत्रिका मार्फत सम्बन्धित निकायको ध्यानकर्षण पनि गराउन चाहन्छौँ । यसले गर्दा पनि सरकारले हेर्ने अस्पष्ट नीति तथा राज्यको दायित्वमा पर्ने रंगशालाको निर्माणसम्बन्धी कामले गति लिन नसकेको बुझाइ प्रष्ठिानको छ ।

सरकारबाट किन यस्तो बाधा आयो भन्ने लाग्छ ?

हामीले बुझ सकेका छैनौँ, सरकार किन यसरी रंगशालाको काममा बाधा मात्र खडा गर्दै आएको भनेर ? उल्टै रंगशाला बनाउन दिएन भनेर हामीमाथि अनर्गल हल्ला गराइन्छ हामीमाथि । आदिवासी, जनजातिले रंगशाला बनाउन दिएनन् भनेर केही स्वार्थ बोकेका मान्छेले भ्रम फैलाइरहेका छन् । हामीले पनि त्यो भ्रमलाई चिर्न सकेनौँ होला, अझै चिर्न बाँकी पनि होलान् भन्ने लाग्छ । यहाँ प्रस्ट हुनुपर्ने कुरा चाहिँ के हो भने यस रंगशालालाई भव्यताका साथ सम्पन्न गराउन हामी कदापि विरोधी होइनाँै, विकासका पक्षमा छन् भनेर बुझिदिनु पर्छ । आफै गाउँघरमा अन्तर्राष्ट्रिय स्तरकै रंगशाला बन्दा सबैभन्दा धेरै फाइदा यस क्षेत्रका बासिन्दाहरुलाई नै छ । त्यसैले हामी विकासको काममा एक इन्च पनि बेइमान छैनौँ ।

तर, यहाँ बाधा अड्चन किन ल्याउने काम गरिन्छ ? रंगशालामा अनर्गल ‘गेजो’ गरिने काम हुँदै आएको छ, हामी जुनसुकै पक्ष, निकायसँग सम्वाद गर्न तयार छौँ । आदिवासी, जनजातिका पूर्वजहरुको चिहान भत्काएर निर्माण थालिएको आदिवासी रंगशाला तथा स्मृति पार्कको नामका विरुद्ध किन यसरी भ्रम ल्याउने काम गरिँदैछ, त्यो सोचनीय छ ।

मदन भण्डारी रंगशाला बन्दा तपाइर्ंहरुको किन आपत्ति नि ?

राम्रो प्रश्न उठाउनुभयो, जहाँसम्म आदिवासी रंगशालाको नाममा मदन भण्डारी राख्दा रंगशाला बन्छ भने किन विरोध गर्नु र्पयो ? मदन भण्डारी रंगशालाभित्र कुनै खेल स्थलको आदिवासी भनेर राख्दा हुन्न र ? यस्ता विषय स्वाभाविक रुपमा उठ्ने गरेको अवश्य हुन नै । तर हामी यस विषयहरुप्रति अत्यन्त गम्भीर पनि छौँ । रंगशाला कुनै हालतमा सरकारमार्फत निर्माण हुनुपर्छ भन्नेमा यस प्रतिष्ठान प्रस्ट छ । तर, रंगशालामा देखिएको बाधा सरकारी तहबाट नै हो । सदियौँ वर्षबाट यस समुदायको मृत्यु संस्कार गरिने स्थलका करिब ८ सय परम्परागत चिहान नष्ट गरेर त्यही समुदायको पहिचानलाई समावेश गर्ने हेतुले यो रंगशाला सुरु गरिएको हो । चिहान नष्ट गरेर समझदारीमा नै यस रंगशालाको सुरुवात भएको हो ।

तत्कालीन पाथिभरा सशस्त्र प्रहरी बलका गणपति गणेश ठाडा मगरसहित स्थानीय निकाय, राजनीतिक दल, खेलकुदजन्य संस्था, जातीय संस्था तथा सरोकारवाला पक्षहरुबीच समझदारी भएको यस इतिहास कसैले नामेट गर्न मिल्दैन नि । जुन उद्देश्यले रंगशालाको सुरुवात गरिएको छ, त्यो त्यही ढंगले सम्पन्न हुनुपर्छ भन्नेमा प्रस्ट छौँ । सम्बद्ध पक्षको ध्यानाकर्षण पुन: पनि गर्न चाहन्छौँ ।

आदिवासी, जनजातिको वषौर्ंदेखिको चिहान भत्काएर थालिएको रंगशालामा मदन भण्डारी नाम जोडेर जसले जसरी विवादमा ल्याउने काम भएको छ, त्यो कदापि उचित होइन । हामी सरकारलाई बजेटमा उल्लेख गरिएको गल्तीलाई सच्चाउन सुझाव दिन चाहन्छाँै । मदन भण्डारीको विशिष्टतालाई तल गिराउने चालबाजी ठिक होइन । यस क्षेत्रको रंगशालामा उहाँको अपमान हुने नाम जोड्नु सरासर अपराध हो । त्यसप्रति हामीले सरकारको पटकपटक ध्यानकर्षण पनि गराएका छौँ ।

त्यसो भने आदिवासी रंगशाला जसरी सुरुवात गरिएको छ, त्यही ढंगले पूरा हुनुपर्छ भन्ने हो ?

निश्चय पनि । हामी आदिवासी रंगशाला जुन ढंगले यसलाई सुरुवात दिने काम भएको छ, त्यसलाई त्यही रुपले काम सम्पन्न गर्नुपर्छ भन्नेमा यस संस्था स्पष्ट छ । यस रंगशालाको शिलान्यास तत्कालीन रक्षामन्त्री हालकी सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो । त्यसबेला उहाँले सार्वजनिक रुपमा व्यक्त गर्नुभएको प्रतिबद्धताहरुलाई हामीले स्मरण गर्नै पर्छ ।

उहाँले चिहान नष्ट गरेर आदिवासी रंगशाला बनाउने कामको थालनी हुनु राम्रो भएको र त्यसमा सरकारले सहयोग गर्ने जुन बचनबद्धता दिनुभएको थियो, त्यो यतिखेर सरोकारवालाहरुले खोजिरहेका छन् । रंगशालालाई छिटोभन्दा छिटो ढंगले काम सुरुवात गर्न आग्रह गर्न चाहन्छौँ । नाममा विवाद ल्याउने काम उपयुक्त हुँदै होइनन् । त्यतिका मानिसको चिहानमा राजनीति दाउपेच गरिनु सुहाउँदैन पनि । हामी आदिवासी रंगशालासहित स्मृति पार्क निर्माणका लागि सरकारको ढोकामा ढक्ढकाइरहेका छाँै । तर हाम्रो आवाज सरकारको निकायले सुन्लान भन्ने लागेको छैन ।

आदिवासी रंगशाला बाहेक हुँदै हँुदैन भन्ने हो ?
त्यसो पनि होइन । हामी हरेक विकल्पमा सम्वाद गरेर समाधान निकाल्न तयार छौँ । आदिवासी रंगशालाको विकल्पमा आउने सबै विषयप्रति पनि आपसी छलफल गरेर समाधान खोज्न लचक छौँ । विकल्पमा छलफल नै नगर्ने भन्ने हाम्रो धारणा छैन । यस क्षेत्रमा रंगशाला निर्माणमा हामी संस्थागत रुपले समन्वय गर्ने माध्यम मात्र हौँ । भोलि सरकारले बनाएर त्यसको स्रोत, साधन परिचालन गर्न पाउने अधिकार समितिमा मात्र निहित हुन्न नि । त्यसैले पनि आदिवासी रंगशालाको नाममा आपत्ति जनाउनु राम्रो होइन । आदिवासीको नाममा नबन्ने तर मदन भण्डारीकोमा भने बनिन्छ भन्ने द्वैध नीति आफमा दोषापरणयुक्त छ, त्यो ठिक होइन ।

सरकारले मदन भण्डारी रंगशाला नै बनाउन खोजेको हो ?
अहिले नै त्यहाँसम्म पनि नपुगौँ । प्रधानमन्त्री तथा यस क्षेत्रका निर्वाचित संघीय संसद सदस्य केपी शर्मा ओलीज्यूको यस रंगशालामा आफो बढी इच्छा त्यस्तो देखिएको छ, त्यो स्वभाविक पनि हो । उहाँले आफा नेताको नाममा रंगशाला राख्नु खोज्नु आफमा नराम्रो पनि त होइन नि ? उहाँ त्यस रंगशालाको उत्पतिको विषयमा जानकार पनि हुनुहुन्छ नै । तर, हामीलाई लाग्छ रंगशालाको विषयमा उहाँलाई भ्रमित गराउने प्रयास हँुदै आएका छन् । उहाँप्रति यस क्षेत्रका आदिवासी, जनजातिहरु सधैँ उदार देखिएका पनि छन नै । त्यसैले सरकारले आदिवासी रंगशालाको नाममा नै अन्तर्राष्ट्रिय स्तरकै ठुलो रंगशाला बनाउने छ भन्नेमा हामी सरोकारवालाहरुको आशा भने अझै समाप्त भइसकेको छैन । तर, केही गर्दा पनि सरकारले सहयोग गरेन, बनाउन चासो दिएन भने हामी जनस्तरबाट नै रंगशाला निर्माण गर्न लाग्ने छौँ । हामीलाई पहिचानसँगै विकास चाहिएको छ, त्यसलाई हृदयंगम गरी अब हामी यसको बृहत छलफल अन्तरक्रिया गरेर निष्कर्षमा लैजान केन्द्रित छौँ । सरकारले आफनो दायित्व सम्झिएन भने जनस्तरबाट नै रंगशाला बनाउन प्रतिष्ठान लाग्ने प्रस्ट पार्न चाहन्छौँ ।

 

Facebook Comments