चिमुसीचिको ट्रेलर सार्वजनिक

बिर्तामोड, असार २७ । साउन ११ गतेबाट देशभरका सिनेमा घरहरुबाट प्रदर्शनमा आउने चलचित्र चिँ मुसी चिँ को सम्पेन्स थ्रिलर बोकेको ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा सुशान्त कार्की र सुनिल क्षेत्रीको टक्कर देखिएको छ ।

बिल्कुलै फरक लुक्समा देखिएका सुशान्तको क्यारेक्टर सस्पेन्स रहेको निर्माण पक्षले बताएको छ । एकअर्कामा हानाथापको नियतले खेलिने खेललाई नेपाली समाजमा ‘चिँ मुसी चिँ’ भनेर चिन्ने गरिन्छ । यही आधारमा चलचित्रको कथामा पनि केही त्यस्तै घटना हुनसक्ने अनुमान लगाउन सकिन्छ । चलचित्रबाट नायक सुनिल र नायिका अलिशाले डेब्यु गर्दैछन् । यो रिल जोडीलाई नेपाली चलचित्रमा जमिरहन ‘चिँ मुसी चिँ’ ले मद्दत गर्ने निर्माण पक्षले जनाएको छ । सुनिल र अलिशा दुवै नृत्य क्षेत्रमा चर्चित छन् ।

अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डबबहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्माता शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् । चलचित्र सिल्भर लेक पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो । सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइबालागयतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् ।

Facebook Comments