वैदेशिक रोजगार सुरक्षित बनाऊ

वैदेशिक रोजगारको क्षेत्रमा ठगी र असुरक्षा नौलो विषय होइन । सरकारले बनाएको मापदण्डभन्दा बाहिर गएर म्यानपावर कम्पनीहरुले कामदारबाट बढी रकम असुलिरहेको जगजाहेर छ । त्यही भएर सरकारले वैदेशिक रोजगारी क्षेत्रभित्र बढ्दो गलत कार्य रोक्न कडा मापदण्ड बनाउने भएको छ । कडा कानुन बनाएर वैदेशिक रोजगारीभित्रको गलत कार्य रोक्न सरकारी कदम प्रशंसनीय छ । म्यानपावर कम्पनीको व्यवस्थापन, वैदेशिक रोजगारीमा जाने कामदारलाई कानुनी रुपमै सम्झौता गरेर मात्र पठाउने, कामदारको स्वास्थ्य परीक्षणमा कडाइ गर्ने, कामदारले लिनुपर्ने अभिमुखीकरण तालिम सूचनामूलक बनाउने, प्रत्येक जिल्लामा आप्रवासन सूचना केन्द्र खोलिने र रोजगारदाता देशसम्म अनलाइन प्रणालीको विकास गरेर कामदारको विवरण संकलन गर्ने विषयमा जुन काम गर्न खाजिएको छ, त्यो स्वागतयोग्य छ ।

रोजगारी, आय र समग्र अर्थतन्त्रमा नै महत्वपूर्ण योगदान दिइरहेको वैदेशिक रोजगारीमा समस्या धेरै छन् । करार नगरी काममा लैजाने, करारभन्दा फरक काम र पारिश्रमिकमा काममा जोताउने, सुविधा र पारिश्रमिक नपाउने, जोखिमपूर्ण काम गर्नुपर्ने लगायतका समस्या बढिरहेका छन् । सुरक्षा र शिक्षाको अभावमा युवा ठगिने गरेका छन् । धेरै पढाइ आवश्यक नपर्ने, धेरै रकम नलाग्ने र सीप पनि नचाहिने भएकाले गरिब, अशिक्षित र सीप नभएका युवा वैदेशिक रोजगारीमा बढी आकर्षित छन् । उनीहरू नै ठगीको उच्च जोखिममा छन् । वैदेशिक रोजगारी नै मानव बेचबिखन र ओसारपसारको माध्यम बन्न थालेको छ । यही विकृति रोक्न सरकारले नया“ मापदण्ड ल्याउन लागेको हो । नया“ मापदण्ड पालना गरेर व्यवसायी कानुनसम्मत काम गर्नुपर्छ ।

सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न विभिन्न प्रयास गरेको भए पनि अशिक्षित, गरिब, ग्रामीण क्षेत्रबाट आएका युवा, कम खर्च र बढी आम्दानीको प्रलोभनमा पर्ने गरेका छन् । म्यानपावर एजेन्सी स·ठित रुपमा काम गर्ने भएको र सरकारी निकायसम्म पहु“च हुने भएकाले पीडितको गुनासो सुनुवाइ हु“दैन । नया“ मापदण्डस“गै युवालाई उचित शिक्षा र वैदेशिक रोजगारीसम्बन्धी जानकारी दिन आवश्यक छ । वैदेशिक रोजगारीको आवरणमा हुने अपराधलाई छानबिन गर्दै कानुनी दायरामा ल्याउनु पर्छ । वैदेशिक रोजगार ऐन र नियमावलीमा समसामयिक सुधारको आवश्यकता छ । सरकारी निकायलाई विकेन्द्रित गरी पीडितको पहु“चमा र्पुयाउन जरुरी छ । यसबाट मात्रै वैदेशिक रोजगारीको क्षेत्र व्यवस्थित हुनसक्छ भन्ने बुझ अपरिहार्य छ ।

Facebook Comments