इंग्ल्यान्ड र क्रोएसिया भिड्दै

इंग्ल्यान्ड: विविधता

इंग्लिस टिमको खास विशेषता भन्न गाह्रो छ । किनकि इंग्ल्यान्डले जारी विश्वकपमा फरक-फरक तरिकाले जित निकालेको छ । २०१८ विश्वकपको युवा टिम इंल्यान्डले हरेक खेलमा सुधार ल्याएको त छ नै खेलाडीमा आत्मविश्वास बढिरहेको छ । अधुनिक शैली र एकजुट भएर खेल्दा इंग्लिस टिम बलियो बनेको छ । इंग्लिस टिम सबै प्रकारका परिस्थितिको सामना गर्न तयार भइसकेको छ । प्रशिक्षक गारेथ साउदगेटको व्यवस्थापकीय पक्ष चुस्त देखिएको छ । विश्वकपमा पेनाल्टी सुटआउटमा पहिलो जित निकाल्दै इतिहास बनाएको इंग्लिस टिममा रहेका सबै खेलाडी स्टार बन्न लायक छन् ।

गोलकिपर जोर्डन पिकफोर्ड र सर्वाधिक गोलकर्ता (६ गोल) ह्यारी केन २४ वर्षका भए । यी युवा खेलाडीबाट प्रेरित इंल्यान्ड सन् १९९० पछि सेमिफाइनल पुगेको छ । अब इंग्ल्यान्ड सेमिफाइनलमै चित्त बुझाउने पक्षमा पक्कै छैन । उपाधि जितेर आधुनिक फुटबलमा इतिहास बनाउन चाहन्छ ।

क्रोएसिया : मिडफिल्डमा अब्बल

विश्वकप सुरु हुनुअघि नै क्रोएसियाका अगाडि चुनौताको पहाड थियो । समूहमा दक्षिण अमेरिकाको फुटबल शक्ति अर्जेन्टिना र अफिी महारथी नाइजेरिया थिए । अर्को नवप्रवेशी आइसल्यान्डले युरोपकमा राम्रो खेल्दै प्रभाव छाडेको थियो । ’ग्रुप अफ डेथ’ का लागि क्रोएसियाले राम्रो तयारी मात्र गरेन मनोवैज्ञानिक रुपमा बलियो बन्यो । प्रशिक्षक जेटलाट्को डालिकले टिमको मिडफिल्डमा रहेका स्टार खेलाडीबाट फाइदा उठाउने रणनीति बनाए । जसमा उनी सफल भए । समूह चरणमा प्रभावशाली खेल पस्कदै तीन खेलमै जित निकाल्यो । डिफेन्स र फरवार्ड लाइनमा पनि क्रोएसियाले निरन्तर सुधार ल्यायो ।

मिडफिल्डरद्वय लुका मोड्रिक र इभान राकिटिक क्रोएसियन टिमको महत्वपूर्ण खेलाडी हुन् । स्पेनिस क्लबद्वय रियल म्याड्रिड र बार्सिलोनाबाट खेल्ने दुईको तालमेल गजबको छ । दुवैले अन्य खेलाडीलाई ड्रेसिङ रुपमा समेत एकजुट बनाउने काम गरिरहेका छन् । यी दुईलाई अन्य खेलाडीले पनि राम्रो साथ दिएका छन् । इन्टर मिलानका मार्सेलो ब्रोजोभिक, रियल म्याड्रिडका मटेओ कोभाकि, फोरेन्टिनाका मिलान बडेल लगायताको संयोजनले क्रोएसियाको मिडफिल्ड उत्कृष्ट बनेको छ ।

Facebook Comments