‘नाईं नभन्नू ल ५’ को ट्रेलर सार्वजनिक

 ‘नाईं नभन्नू ल’ को पाँचौं भागको अफिसियल ट्रेलर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर कलरफूल बनेको छ ।
बाल कलाकार अनुभव रेग्मी र नव-बाल कलाकार सेड्रिना शर्मासँगै अभिनेत्री स्वस्तिमा खड्का र नव-अभिनेता अभिषेक नेपालको प्रेमलाई ट्रेलरमा विशेष ‘फोकस’ गरिएको छ ।
चलचित्रमा दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, बुद्धि तामाङ, अभिषेक नेपाल, अनुभव रेग्मी, सेड्रिना शर्मा आदि कलाकारले अभिनय गरेका छन् ।

यही चलचित्रबाट अभिनेत्री निरुता सिंह लामो समयपछि अभिनयमा कमब्याक गर्दैछन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, बसन्त सापकोटाको संगीत र अर्जुन जिसीको सम्पादन छ ।

निर्देशक विकास आचार्यले सदा झैं ‘नाईं नभन्नू ल ५’ पनि फेमली ड्रामा फिल्म रहेको बताए ।

Facebook Comments