पारावारीमा चौतारी सहकारीको पहिलो शाखा

झिलझिले, असार २९ । चौतारी वचत तथा ऋण सहकारी संस्थाले आफ्नो पहिलो साखा पारावारीमा विस्तार गरेको छ ।

शिवसताक्षी नगरपालिकाको झिलझिलेमा प्रधान कार्यलय रहेको सो सहकारीले स्थानिय वडा नम्बर ३ को पारावारीमा बिहीवार एक भव्य कार्यक्रमको आयोजना गरि शाखा कार्यलय विस्तार गरेको हो । शिवसताक्षी नगरमा स्थापना भएका सहकारी मध्ये साखा विस्तार गर्ने चौतारी वचत तथा ऋण सहकारी संस्था नगरमा पहिलो हो ।

सहकारीका सदस्यलाई स्थानीय स्तरमै वित्तिय पहुँच र्पुयाउने उद्धेश्यले शाखा विस्तार गर्न लागिएको संंस्थाका कोषाध्यक्ष मिलन राईले वताए । चौतारी सहकारीले सदस्यको मागलाई ध्यानमा राखि शाखा विस्तार गरेको उनले जानकारी दिए । यस अघि चौतारीले झिलझिले   स्थित कार्यलय बाटै नगरका धरमपुर, शिवगञ्ज, माईधार, दुधे लगायतका स्थानबाट शेयर सदस्यसँंग घरघरै कारोबार गर्दे आएको थियो ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष पुन्यप्रसाद सापकोटाले शाखाको कार्यलयको उद्धघाटन गरे । उनले भने, वडाका हरेक नागरीक तथा संघ संस्थाले बैंक तथा वित्तिय संस्था मार्फत आर्थीक कारोवार गरे अनियमिताको सङ्कै हुन सक्दैन । चौतारी सहकारीका संस्थापक अध्यक्ष पवन राईको अध्यक्षतामा भएको कार्यक्रममा गोपाल प्रसाद उप्रेती र सेलिङ्ग केसीले शुभकामना मन्तव्य राखेका थिए । कोषाध्यक्ष मिलन राईको स्वागत मन्तव्य रहेको कार्यक्रममा सचिव धनवहादुर राईले संस्थाको चिनारी गराएका थिए भने  कार्यक्रमको संचालन गणेश ढुँगेलले गरेका थिए ।

शाखा विस्तारकै दिन सो सहकारी संस्थाले ३००० कित्ता शेयर बिक्री गरेको छ भने ४ लाख बढीको कारोवार गर्न सफल भएको सो सहकारी संस्थाले जनाएको छ ।

पारावारीमा शाखा विस्तार भएपछि साविकका धरमपुर गाविसका सयाँै सदस्य लाभान्वित हुने भएका छन् । सो सहकारीले रेमिट्यान्सको समेत कारोवार गर्दै आएको संस्थाका अध्यक्ष भद्र राईले बताए । उनले भने सहकारीका सदस्यलाई छिटो र छरितो ढंगवाट सेवा दिने उद्धेश्यले शाखा विस्तार गर्न लागिएको हो । पारापछि चौतारी साकोसले नगरको शिवगञ्जमा पनि आफ्नो दोश्रो साखा विस्तार गर्ने जनाएको  छ ।

६ सय ६९ शेयर सदस्य रहेको चौतारी वचत तथा ऋण सहकारी संस्थाको १ करोड ३३ लाख १३ हजार रुपैयाँ शेयर पुँजी रहेको छ । चालु वर्षको यो अवधि सम्ममा ३ करोड ९७ लाख रुपैयाँ निक्षेप संकलन गर्न सफल सो सहकारी संस्थाले विभिन्नि विधामा ५ करोड ५३ लाख रुपैयाँ लगानि गरेको संस्थाका व्यवस्थापक विवेक राईले बताए ।

Facebook Comments