बिर्तामोडमा ‘लिटल प्रिन्स एन्ड प्रिन्सेस’

झापाको बिर्तामोडमा ‘लिटल प्रिन्स एन्ड प्रिन्सेस २०१८’ हुने भएको छ । बिर्तामोड नगरपालिकाभित्र रहेका विभिन्न निजी तथा सरकारी विद्यालयमा अध्यनरत कक्षा ५ देखि १० कक्षा सम्मका प्रतिभावान विद्यार्थीलाई समेट्ने उद्देश्यका साथ ‘लिटल प्रिन्स एन्ड प्रिन्सेस’ प्रतियोगिताको आयोजना गरिएको कोरियोग्राफर वर्षा शिवाकोटीले बताइन् ।

मेरो लुक्स इन्टरटेन्मेन्टको ब्यानरमा आयोजना गरिने यस प्रतियोगितामा सहभागीलाई १ महिना बन्दसत्रमा राखेर विभिन्न प्रकारका तालिमहरु प्रदान गरिने प्रतियोगिता संयोजक सञ्जीव मैनालीले जानकारी दिए । एक महिनाको तालिमबाट विद्यार्थीमा धेरै निखारपन आउने उनको भनाइ छ । ‘लिटल प्रिन्स एन्ड प्रिन्सेस’ को पहिलो अडिसन असार ३० गते शनिबार आयोजना गरीएको जनाइएको छ ।

यस प्रतियोगितामा ३० जनालाई मात्र सहभागी गराउने आयोजकको योजना रहेको छ । साउन १ गतेदेखि एक महिनासम्म राखिने बन्दसत्रमा व्याक्तित्व विकास तथा पब्लिक स्पिकिङ, आरजे, भिजेलगायत मोडलिङ र फोटोसुट गराइने तालिम संयोजक दिपेश बस्नेतले बताए ।

Facebook Comments