मोडलिङमा नविन

मोडलिङ तथा कलाकारितामा एकदमै रुचि राख्ने नविन अधिकारीको जन्म २०५७ सालमा भएको हो । उनको जन्म दमकमा भए पनि बाल्यकाल भने झापाको गोलधाप र बिर्तामोडमा बित्यो । सानैदेखि मोडलिङ तथा गीत गाउनमा रुचि राख्ने नविन मध्यम वर्गीय परिवारका हुन् । अधिकारीले २०७२ सालमा बाल्मीकि स्कुलबाट प्रथम डिभिजनमा एसएलसी उत्तीर्ण गरेका थिए । साथीभाइसँग एकदमै छिटै घुलमिल हुने तथा लजालु स्वाभावका नविन साथिभाइ तथा आफन्तजनमा एकदमै प्यारा छन् ।

यस क्षेत्रमा अघि बढ्न उनको परिवारबाट एकदमै धेरै सहयोग तथा हौसला पाएको बताउँदै नविनले भने, ‘सबैभन्दा धेरैसाथ मेरो हजुरबुवाले दिनु भएको छ र सधँैभरि दिइनै रहनु हुनेछ ।’ पारिवारिक हौसलासँगसँगै उनलाई कलाकारिता क्षेत्रमा अग्रसर हुन उनका साथीभाइको पनि उत्तिकै साथ र सहयोग गरेको उनले सुनाए । हाल कक्षा १२ मा अध्ययनरत अधिकारी १० वर्षको हँुदादेखि मोडलिङतर्फ आकर्षित भएका थिए । उनले भने, ‘रुचि हुँदाहुँदै पनि धेरै कुराहरु बाधा बनेर आइनै रहन्थ्ये ।’ एसएलसी सकेर काठमाडौँमा उनले एउटा सर्ट मुभीमा अभिनय गर्ने मौका पाएका थिए । त्यो मौका केही कारणवश सफल त हुन सकेन तर यही समय उनको जीवनको ठुलो टर्निङ पोइन्ट बन्यो । उनले विभिन्न कलाकारहरुसँग भेट गर्ने तथा आफो प्रतिभा देखाउने अवसर पाए ।

काठमाडौँमा उनको भेट सुलेमान शंखर (इकु) सँग भयो र उनी केही समय इकुकै घरमा बसे । त्यहाँ उनले यस क्षेत्रको सबै कुराहरुको प्रत्यक्ष रुपमा जानकारी लिन र धेरै कुरा सिक्ने राम्रो अवसर पनि पाए । ‘तिम्रो उमेर अझै छ, हरेक कुराहरु बिस्तारै सिक्दै जाने छौ र यस्तै सानोसानो कुराले गर्दा तिम्लाई यो क्षेत्रमा प्रवेश गर्न सजिलो हुन्छ’, सुलेमान शंकरले भनेको यो शब्दलाई नै उनले आफो प्रेरणाको रुपमा लिएका छन् । काठमाडौँ बसाइको क्रममा उनले ‘आइफा अवार्ड मलेसिया’ को आयोजकहरुसँग भेटघाट गर्ने मौका पाए र उनले आशीर्वाद तथा हौसला प्राप्त गरे ।

झापा फर्किएपछि उनले आफो करियरको पहिलो प्रोजेक्ट ‘ग्रासियर प्रोडक्सन’ सँग मिलेर गरे । उनको पहिलो अभिनयमा रहेको म्युजिक भिडियो ‘रहर’ मा सबै राम्रो फिडब्याक आएको हुनाले उनलाई काम गर्ने हौशला बढिरह्यो । मोडलिङको क्षेत्रका लागि शारीरिक बनोटको पनि राम्रै तालमेल हुनुपर्ने भएकाले उनले केही महिना मेहनत गरेर आफो शरीरको बनोटमा पनि परिवर्तन ल्याए । पढाइसँगसँगै कलाकारितालाई अगाडि बढाउने सोच राखेका नविन यतिबेला आफो नयाँ म्युजिक भिडियोको तयारीमा छन् ।

Facebook Comments