कोसी डेन्टलका डाक्टरद्वारा युवतीमाथि यौन दुर्व्यवहार

इटहरी, असार ३२ । इटहरी ६ स्थित कोसी डेन्टल क्लिनिकका डाक्टरले दाँतको उपचार गराउन आएकी एक युवतीलाई यौन दुर्व्यवहार गरेका छन् । इटहरी निवासी १८ वर्षीया युवतीलाई जाँचको क्रममा एक्लै पारी क्लिनिकका डाक्टर धीरेन्द्र साहले यौन दुर्व्यवहार गरेका हुन् ।

दुर्व्यवहार गर्ने डाक्टरलाई युवतीका आफन्तले फउ गरी इटहरी प्रहरीलाई बुझाएका छन् । साथै, आक्रोशित आफन्तजनहरुले क्लिनिकमा तालाबन्दी समेत गरेका छन् । डाक्टर साहले युवतीको सम्वेदनशील अंगमा हात लगाएपछि उनले डाक्टरको कक्षबाट भागेर आफन्तलाई जानकारी गराएकी थिइन् ।

यसैबीच, इलाका प्रहरी कार्यालय इटहरीले डाक्टर साहको विषयमा अनुसन्धान सुरु गरेको छ । युवतीका आफन्त तथा स्थानीयले भने यौन दुर्व्यवहार गर्ने डाक्टरलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।

Facebook Comments