गोल्डकपमा खर्चिलो बन्दै ‘होम टिम’

रमेश समदर्शी

बिर्तामोड, साउन ३ । रमपम झापा गोल्डकप २०७४ को तेस्रो संस्करणमा कुल खर्च एक करोड चार लाख सात हजार ७७६ रुपैयाँ । त्यसमध्ये सम्पूर्ण टिम खर्च ३५ लाख २३ हजार १६६ रुपैयाँ ।

गोल्डकपको मुल आयोजक समितिले सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको विवरण हो यो । उसले खुद नाफा १८ लाख ९८ हजार ७४ रुपैयाँ र्गयो भने त्यसकै हाराहारीमा आफो ‘होम टिम’ मा खर्च गरेको छ । ‘सम्पूर्ण टिम खर्चको करिब ५० प्रतिशत आयोजक टिममा खर्च भएको छ’, अध्यक्ष महेन्द्रकुमार गिरीले भने । सार्वजनिक विवरणअनुसार झापा ११ को तयारीदेखि फाइनल खेलेसम्मको खर्च १७ लाख ४९ हजार २६६ रुपैयाँ उल्लेख छ । दोस्रो संस्करणमा पनि सम्पूर्ण टिमको खर्च ३२ लाख ९४ हजार ६३८ रुपैयाँ हुँदा झापा ११ को मात्र १५ लाख ८९ हजार ६३८ रुपैयाँ थियो ।

झापा ११ को मात्र होइन, झापा जिल्लामा सञ्चालन हुने अन्य प्रतिष्ठित गोल्डकप आयोजकको अवस्था पनि यस्तै छ । गन्तीमा आउने सताक्षी गोल्डकप र मेची नेत्रालय काँकरभिट्टा गोल्डकपको आयोजकले पनि आफो टिमलाई यसैगरी खर्च गरेका छन् । ‘आफो टिमलाई राम्रो बनाउन खोज्दा खर्च हुँदोरहेछ’, सताक्षी गोल्डकप आयोजकका अध्यक्ष रमेश लावतीले भने ।

उनका अनुसार प्रथम संस्करणमा साढे छ लाख, दोस्रो संस्करणमा सात लाख रुपैयाँ सताक्षी गोल्डकपको ‘होम टिम’ का लागि खर्च भएको छ । स्थानीय खेलाडी नभएकाले पनि टिम राम्रो बनाउन बाहिरको खेलाडीमाथि खर्च गर्नुपरेको उनको भनाइ छ । ‘खेलको स्तर उकास्न पनि आयोजकले आफो टिमलाई खर्च गर्छ’, उनले भने, ‘उपाधि आफ राख्नका लागि खेलाडी किन्नुपर्दा खर्च बढ्दो रहेछ ।’

सताक्षी गोल्डकपमा घरेलु खेलाडीको अभावमा गत वर्ष सम्पन्न गोल्डकपमा विक्रम लामा, विमल घर्ती मगर, विशाल श्रेष्ठ जस्ता नेपालका अन्तर्राष्ट्रिय खेलाडीलाई झिकाइएको थियो । त्यस्तै, आकर्षणका हिसाबले पनि दुई अफिन खेलाडी समावेश गराइएको उनले सुनाए । खेलाडीको आतेजाते भाडा र होटल खर्च जोड्दा अझ अंक बढ्ने आर्थिक संयोजक गणेश प्रधान बताउँछन् । ‘होम टिम’ भएन भने खेलको रौनक पनि नहुने उनको बुझाइ छ ।

त्यस्तै, मेची नेत्रालय काँकरभिट्टा गोल्डकपमा पनि आयोजकले आफो टिमलाई राम्रै खर्च गरेको छ । तर, एउटा खेलबाटै टिम बाहिरिएपछि क्लबलाई त्यति भार नपरेको आयोजकका कोषाध्यक्ष पेम नोर्वु शेर्पा बताउँछन् । ‘खेल जित्दै जाने हो भने त्यति नै खर्च बढ्दै जाने गर्छ’, उनले भने ।

झापा गोल्डकपका अध्यक्ष गिरीको भनाइ सापटी लिने हो भने आयोजक टिम बनाउनु भनेको ‘सेतो हात्ती’ पाल्नुसरह हो । ‘झापा ११ भयड्ढर महँगो छ, वार्षिक ६० लाख खर्च हुन्छ’, उनले भने । आफले आयोजना गरेको गोल्डकपमा मात्र १७ लाखभन्दा बढी खर्च हुँदा उनी चिन्तित छन् ।

झापा ११ का प्रशिक्षक प्रवेश कटुवाल पनि टिम महँगो नै भएको स्वीकार्छन् । तर, खेलाडीलाई अनुबन्धन गरेको खण्डमा खर्च यति बिघ्न नहुने उनको तर्क छ । ‘खेलाडीसँग सम्झौता नभएकाले पनि सेवासुविधा नहुँदा टिम महँगो भएको हो’, उनले भने, ‘यसपटक झापाका खेलाडीलाई ट्रेनिङ भत्ता, आवास सुविधा र म्याच मनी सबै दिएर पनि धेरै देखिएको हो ।’ यसपटकको सेवासुविधाप्रति उनले खुसी नै व्यक्त गरे ।

आयोजकले आफो टिमलाई अनुबन्धन गरेको खण्डमा म्याच मनी र ट्रेनिङ भत्ता दिइरहन नपर्ने भएकाले कम्तिमा छदेखि सात लाखसम्म खर्च कम हुने उनको भनाइ छ । झापा ११ ले फाइनलसम्म चार वटा खेल खेलेकाले पनि खर्च त्यति नै बढेको कटुवाल बताउँछन् । उता, सताक्षी गोल्डकपका अध्यक्ष लावतीले भने स्थानीय खेलाडीलाई प्राथमिकतामा राख्दा खर्च घट्ने भए पनि खेलस्तर नउक्सिने बताउँछन् । ‘क्लबले खेलाडी आफ उत्पादन गर्नु र्पयो’, उनले भने ।

झापा गोल्डकपका अध्यक्ष गिरी खर्च कटौतीमा जोड दिन ‘पोलिसी’ बनाएर क्लबलाई सिस्टममा लैजाने बताउँछन् । ‘अनुबन्धित खेलाडीलाई के-कति सेवासुविधा दिने भन्नेबारे पोलिसी बनाउन आवश्यक देखियो’, उनले भने । उनका अनुसार अब म्याच मनी, खाना, आवास र क्लोज क्याम्पमा खर्च कटौती गरिनेछ ।

Facebook Comments