आदर्शले दियो विद्यार्थीलाई होटलबारे अभिमुखीकरण

बिर्तामोड, साउन ५ । आदर्श स्कुल अफ ओटल मेनेज्मेन्ट बिर्तामोडले आफ्ना विद्यार्थीलाई एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार आदर्श ब्यांक्वेटमा भएको अभिमुखीकरणमा सो स्कुलमा अध्ययनरत कक्षा ११ का ८० जना विद्यार्थीको सहभागिता रहेको निर्देशक सौरभ प्रसाईंले जानकारी दिए । विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक ज्ञान पनि अनिवार्य भएकाले अभिमुखीकरण कक्षा सञ्चालन गरिएको उनले बताए ।
कलेजका प्रमुख कार्यकारी अधिकृत सञ्जोग खरेलका अनुसार होटल मेनेज्मेन्ट पढ्ने विद्यार्थीले आफूले पढ्न लागेको विषयका बारेमा विस्तृत जानकारी लिन आवश्यक छ । होटल मेनेज्मेन्टको भविष्य, फाइदा र उपगोगिताको बारेमा जानकारी नभई अध्ययन गर्दा विद्यार्थीमा अन्योलता हुने भएकाले अभिमुखीकरण गराएको खरेलले बताए ।
अभिमुखीकरणमा सहभागी विद्यार्थीलाई काठमाडौँको तारे होटल रेडिसनका मेनेजर रुपेश श्रेष्ठ र होटल सोल्टीका सेफ सन्दीप अधिकारीले सहजीकरण गरेका थिए । उनीहरुले सहभागी विद्यार्थीलाई होटल मेनेज्मेन्ट, किचन, कोठा, खानपनि, अतिथि सत्कार, बोलीचाली, व्यवहार, व्यक्तित्व विकासका बारेमा प्रगोत्मक अभ्यास गरी सहजीकरण गरेका थिए ।
आदर्श कलेजको आफ्नै आदर्श ब्यांक्वेट समेत भएकाले होटल मेनेज्मेन्ट पढ्ने विद्यार्थीलाई अन्य कलेजको भन्दा गुणस्तरीय र प्रयोगात्मक शिक्षामा सहयोग पुग्ने प्रसाईंले बताए । कलेजमा छ महिने डिप्लोमा कोर्सहरुसमेत पढाइ हुँदै आएको छ ।

Facebook Comments