ग्लोबल टचमा अस्ट्रेलिया अध्ययनबारे सेमिनार

बिर्तामोड, साउन ७ । झापाको बिर्तामोडस्थित ग्लोबल टच इन्टरनेशनल एजुकेशन फाउण्डेसनको आयोजनामा आइतबार अस्ट्रेलियन एजुकेसन सेमिनार सम्पन्न भएको छ ।

कक्षा १२ को परीक्षा दिई उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गर्दै सेमिनारको आयोजना गरिएको ग्लोबल टच इन्टरनेशनल एजुकेशन फाउण्डेसनका म्यानेजिङ डाइरेक्टर दीपक गौतमले जानकारी दिए ।

कार्यक्रममा अष्ट्रेलियाको लिड कलेजका मार्केटिङ म्यानेजर मृनाल लुथ्रोले अस्टेलियामा नेपालीको भविष्य, कलेज तथा विश्वविद्यालयहरुको अवस्था, त्यहाँको संस्कृति, पढाइ, कमाइ तथा भिसा प्रोसेसको बारेमा विद्यार्थीलाई जानकारी गराएका थिए ।

सेमिनारमा लिड कलेजका नेपाल प्रतिनिधि राजु निरौलाले आफू अस्ट्रेलियामा रहँदाको अनुभव र अस्ट्रेलिया जानुअघि गर्नुपर्ने तयारीका बारेमा बताएका थिए । उनले हावापानी मिल्ने, भाषा अंग्रेजी भएकाले विद्यार्थीलाई सजिलो हुने र विद्यार्थीमैत्री देश भएकाले अस्ट्रेलिया नेपाली विद्यार्थीका लागि राम्रो गन्तव्य भएको बताए । कार्यक्रममा लिड कलेजका अमित बाबु ढुङ्गानाको पनि सहभागिता रहेको थियो ।

सेमिनारमा योग्यता, लगानी तथा त्यहाँका कलेजमा उपलब्ध विषयहरुको बारेमा जानकारी गराइएको ग्लोबल टचका म्यानेजिङ डाइरेक्टर गौतमले बताए । अस्ट्रेलियामा विद्यार्थी जीवन कस्तो हुने र त्यसका लागि अभिभावक तथा विद्यार्थीले कुन किसिमको तयारी गर्नुपर्छ भन्ने बारे सेमिनारमा विद्यार्थीसँग छलफल गरिएको उनले बताए ।

अष्ट्रेलियाको सिड्नी, परमट्टा र पर्थमा रहेको लिड कलेजमा प्लस टु उत्तीर्णपछि आइटी, नर्सिङ, डेन्टल टेक्नोलोजी, एजिङ सपोर्ट, कम्युनिटी सर्भिस, अर्ली चाइल्डहुड एजुकेसन लगायत कोर्षहरुमा विद्यार्थीहरुलाई शिक्षा दिइने निरौलाले बताए ।

Facebook Comments