भारतबाट आउने यी सामान हुने भए सस्तो

भारत एण्ड सर्भिस ट्याक्स (जिएसटी)मा महत्वपूर्ण १० वटा निर्णय गरिएको छ । भारतका केन्द्रीय अर्थमन्त्री पियुष गोयलले शनिबार भएको गुड् एण्ड सर्भिस ट्याक्स (जीएसटी) काउन्सिलको बैठक बस्दै सेनेटरी न्याप्किन र घरायसी वस्तुसम्बन्धी १० वटा नयाँ निर्णय गरेको छ ।

१. जिएसटीको बैठकले सेनेटरी न्याप्किनमा जीएसटी हटाउने निर्णय गरेको छ । जसमा १२ प्रतिशत जिएसटी लाग्दै आएको थियो ।

२. घरायसी उपयोगमा आउने १७ वटा बस्तुको २८ प्रतिशत जिएसटी हटाएको छ । जसमा वासिङ मिसिन, फि, टीभी (२५ इन्चसम्म), भिडियो गेम, भ्याकुम क्लिनर, ट्रेलर, जुस मिक्सर, ग्राण्डर, शावर एण्ड हेयर ड्रायर, वाटर कुलर, निथियन आयन ब्याट्री, इलेक्टोनिक्स आइरन यी बस्तुको जिएसटीमा १० प्रतिशतसम्म छुट पाउने भएको छ ।

३. जिएसटी काउन्सिलले ५ करोड भारुसम्म कारोबार गर्ने कम्पनीले हरेक महिना रिटर्न भर्ने झन्झट पनि हटाइदिएको छ ।

४. जिएसटी काउन्सिलले रिटर्न फाइलिङ प्रक्रिया पनि सरल बनाएको छ ।

५. जिएसटी काउन्सिलले पेन्ट, वाल पुटिङ र वार्निस जस्ता रङमा समेत १० प्रतिशत जिएसटी कम गरेको छ ।

६. जिएसटी काउन्सिलले एक हजार रुपैयाँ भारु पर्ने जुत्तामा जम्मा ५ प्रतिशत मात्र कर लिने भएको छ । पहिला ५ सय रुपैयाँ भारुसम्मको खरिदमा मात्र छुट रहेको थियो ।

७. जिएसटी काउन्सिलले पेट्रोल र डिजलमा मिसाउने एथेनाल आयलको कर १८ प्रतिशतबाट घटाएर ५ प्रतिशमा सीमित बनाएको छ ।

८. जिएसटी काउन्सिलले फ्लोरिङ आइटममा पनि जिएसटी कटौती गरेको छ । यस्तो आइटममा अब जम्मा १२ प्रतिशत मात्र जिएसटी लाग्नेछ ।

९. जिएसटी काउन्सिलले ह्यान्ड ब्याग, ज्वायलरी, पेन्टिङ, काँचका डिजाइन, ग्लासका डिजाइनमा १२ प्रतिशत मात्र जिएसटी लागू निर्णय गरेको छ ।

१०. जिएसटी काउन्सिलको शनिबार बसेको बैठकले आयातित युरियामा ५ प्रतिशत जिएसटी लगाउने निर्णय गरेको छ ।

Facebook Comments