प्रतिभाशाली डेभिड

विमर्श उप्रेती

शारीरिक रुपमा उनी अशक्त छन्, झापा मेचीनगर-६ का २० वर्षीय डेभिड सुवेदी । तर, पनि उनी आफूलाई सबलाङ्ग व्यक्तिभन्दा कम आँँक्दैनन् । इच्छाशक्ति र त्यही अनुकूलको वातावरण हुने हो भने सफलता हात पर्दो रहेछ भन्ने गतिलो उदाहरण बनेका छन् डेभिड ।

६ महिने शिशु अवस्थादेखि हात र खट्टा दुवै राम्रोसँग चल्न छाडेका उनको बोली अझै पनि प्रस्ट छैन । ह्विल चेयरको सहारामा यताउता हिँड्डुल गर्ने उनी गीतसंगीत भन्नेबित्तिकै हुरुक्कै हुन्छन् । २०७२ सालमा काँकरभिट्टास्थित पशुपति अङ्ग्रेजी माविबाट विशिष्ट श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेका सुवेदी अहिले तेस्रो म्युजिक भिडियो निर्देशनको तयारीमा छन् ।

विद्यालयको १० वर्षे इतिहासमा एसएलसीमा सर्वाधिक ९२ प्रतिशत अंक हाँसिल गरेका उनी ‘कसरी म भनूँ तिमीलाई’ बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन गर्नरर््रर्् कस्सिएका छन्् । बुवा बिक्की र आमा प्रतिभा सुवेदीका पहिलो सन्तान डेभिडले २०७३ मा ‘सुन्दरता’ बोलको गीतको कभर भिडियो निर्देशन गरेर म्युजिक भिडियो निर्देशनमा डेब्यु गरेका हुन् । आफूलाई कहिल्यै पनि कमजोर छु भन्ने नठान्ने अनि हिम्मत नहार्ने उनले दोस्रो म्युजिक भिडियो ‘प्रियसी तिमीले गर्दा’ बोलको गीतलाई निर्देशन गरिसकेका छन् ।

तीक्ष्ण बुद्धिका उनी आफू शारीरिक रुपमा अशक्त भए पनि मानसिक रुपमा सक्षम छु भन्ने महसुस गर्छन् । युवापुस्तामा आधारित माया पिरतीका गीतसंगीतका म्युजिक भिडियो निर्देशन गर्न औधी रुचि राख्ने सुवेदीलेे निदर्ेेर्शन गर्ने तेसर््रोे म्युजिक भिडियोमा अभिषेक दवाडी र निकिता थापा मगर मोडलका रुपमा देखिँदैछन्् । सो भिडियोमा काठमाडौँमा सम्पन्न मिस ढाका प्रतियोगिता-२०७४ को उपाधि विजेता झापा चन्द्रगढीकी मगरले इन्ट्री गर्न लागेकी हुन् भने यसअघि तीनवटा म्युजिक भिडियोमा अभिनय गरिसकेका काँकरभिट्टाका करातेका राष्ट्रिय खेलाडी दवाडीले चौथोपटक अभिनय गर्दैर्छन् ।

उक्त म्युजिक भिडियोका लागि तयार गरिएको गीतमा शब्द, संगीत र स्वर युवावर्गले अत्यधिक रुचाएका कलाकार सपना सुमनको छ । झापा, इलाम र भारत दार्जिलिङका विभिन्न रमणीय एवम् पर्यटकीय गन्तव्यलाई छायाँकन स्थल बनाइने भिडियो विकास राउतले खिच्ने छन् भनेे निर्माण बिक्की सुवेदी र सम्पादन रामु पौडेलले गदर्ैैछन् । ‘बाबा पनि संगीतप्रेमी हुनुहुन्छ, मलाई फेमिली अनि साथीभाइको फुल्ली सपोर्ट छ’, आफ्नो सांगीतिक करियरबारे विवेचनासँग उनी भन्छन्, ‘अब तेस्रो म्युजिक भिडियो डाइरेक्शन गर्दैछु, पहिलाको दुईवटा भिडियोलाई दर्शकले मन पराइदिनुभो, यसबाट मलाई थप हौसला मिलेको छ ।’

‘ह्विल चेयरबाटैै क्यामरा पर्सन र मोडललाईर् गाइड गर्छु’, म्युजिक भिडियो निर्देशन बारेको जिज्ञासामा उनले थपे, ‘पहिलेका दुईवटा भिडियोको पनि एक्पेरियन्स छ, सुटिङ स्पट राम्रोसँग चुज गरेका छौँ, उत्कृष्ट बन्नेमा आशावादी छु ।’

देख्नेभेट्ने जोकोहीले पनि सबालङ्ग व्यक्तिभन्दा कम नआँक्नेे डेभिडलाई स्थानीय तारापुञ्ज अङ्ग्रेजी माविका शिक्षकसमेत रहेका उनका बुवा बिक्की, आमा प्रतिभा, भाइहरु जोन र जोनीलगायत साथीहरुले ह्विल चेयरमा राखेर डुलाउँछन् । गीतसंगीतमा सानैदेखिका क्रेजी उनले इटाभट्टास्थित आदर्श माविबाट गत वैशाखमा कक्षा १२ को परीक्षा दिएका छन् । मानविकी संकायतर्फ अङ्ग्रेजी माध्यमबाट मनोविज्ञान विषयका विद्यार्थी डेभिड नतिजा उत्कृष्ट आउनेमा ढुक्क छन् ।

सांगीतिक दुनियाँबाट कहिल्यै पनि पलायन नहुने बताउने उनी परीक्षाफल सार्वजनिक भएलगत्तै उच्च शिक्षा अध्ययनका लागि क्यानडा जाने तरखरमा छन् । डेभिडलाई उच्च शिक्षा आर्जन गर्न काठमाडौँस्थित नर्भिक अस्पतालका डा. वसन्त चौधरीले छात्रवृत्ति प्रदान गरेका बुवा बिक्की बताउँछन् ।

मायाप्रेमका कथा, खोज एवम् अनुसन्धानमूलक पुस्तक पढ्न रुचि राख्ने अनि इन्टरनेटमा समय व्यतित गर्ने उनी बाल्यावस्थादेखिकै मेधावी विद्यार्थी भएका उनलाई नजिकबाट चिन्नेहरुको भनाइ छ । उच्च शिक्षा अध्ययनपछि स्वदेशमा सेवा गर्दै सांगीतिक क्षेत्रलाई निरन्तरता दिने डेभिडको योजना छ ।

Facebook Comments