‘सुरुवात’ विमोचनमा प्रेम सम्मानित

बिर्तामोड, साउन १५ । नव गायिका गीता बस्नेतको सांगीतिक एल्बम ‘सुरुवात’को सोमबार बिर्तामोडमा विमोचन गरिएको छ । एल्बमको विमोचन वरिष्ठ गीतकार शिवशंकर थापाले गरेका हुन् ।

एल्बमका गीतहरुमा गायक तथा संगीतकार ताराविर पाण्डेको एकल संगीत र गीतकार नवीन चापागाईंको शब्द रहेको छ । झापा अर्जुनधारा नगरपालिका-१ निवासी बस्नेतको यो पहिलो एल्बम हो । ‘सुरुवात’मा समावेश रहेको गीत ‘तिम्रो नियत नै खोटो रहेछ’को म्युजिक भिडियो समेत कार्यक्रममा सार्वजनिक गरिएको थियो  । म्युजिक भिडियोमा मधु न्यौपाने, कृतिका दाहाल, मिली आङ्देम्बेको अभिनय रहेको छ ।

यमन म्युजिक प्रालि काठमाडौँको आयोजना भएको कार्यक्रममा गायक प्रेम आङदेम्वेलाई सम्मान गरिएको थियो । कार्यक्रममा गायक तथा व्यवसायी देवीझश्रेष्ठ, साहित्यकार विवश वलिभद्र कोइराला, साहित्य चौतारी झापाका अध्यक्ष टंक विकल्प लगायतले शुभकामना मन्तव्य राखेका थियो । प्रमुख अतिथि शिवशंकर थापाले सांगीतिक क्षेत्रमा झापालीको महत्वपूर्ण योगदान रहेको चर्चा गरे । कार्यक्रममा साहित्यकार, पत्रकार तथा कलाकारलाई सम्मान गरिएको छ ।

Facebook Comments