रुप मोबाइल घर दोस्रो वर्षमा

बिर्तामोड, साउन १७ । मोबाइलका स्मार्ट ग्राहकलाई लक्षित गरी बिर्तामोडमा सञ्चालनमा आएको रुप मोबाइल घर दोस्रो वर्षमा प्रवेश गरेको छ । स्मार्ट काउन्टरसहितको सोरुममा विश्वमा चर्चित ब्रान्डका मोबाइलको बिक्री भइरहेको सञ्चालक खगेन्द्र नेपालले बताए ।

बिर्तामोडको हनुमान सेन्ट्रलको दोस्रो तलामा रहेको रुप मोबाइल घरले मल्टी ब्रान्ड स्मार्ट सोरुम सञ्चालनमा ल्याएर पूर्वका मोबाइल प्रयोगकर्तालाई सहजता प्रदान गरेको नेपालले जानकारी दिए ।

रुप मोबाइल घरमा विश्व चर्चित ब्रान्डहरु जियोनी, ओप्पो, सामसङ, हुवाईलगायत कम्पनीका विभिन्न मोडलका मोबाइलहरु सोरुममा उपलब्ध रहेका छन् । मोबाइलका एसोसेरिज समेत पाइने उक्त सोरुम पूर्वाञ्चलमै एक मात्र स्मार्ट र आधुनिक रहेको बताइएको छ ।

पूर्वको मोबाइल बजारमा फरक विशेषता बोकेको काउन्टर रहेकाले पनि मोबाइल प्रयोगकर्ता आकर्षित भएको नेपालको भनाइ छ । नेपालले सञ्चालन गरेको मनकामना सप्लायर्स जियोनी मोबाइलको मेची अञ्चल बिक्रेता हो ।

Facebook Comments