अशोक दर्जीको दोस्रो म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

चर्चित बालगायक अशोक दर्जीको दोस्रो गीत ‘झिलमा फुलुँ’ को भिडियो प्रिमियर गरिएको छ । उर्लाबारीमा एक कार्यक्रमका बीच नगर प्रमुख खड्ग फागोले ल्यापटपमा भिडियो क्लिक गर्दै प्रिमियर गरिएको हो । भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै फागोले बाल प्रतिभाको पहिचान गराउन यस गीतले महत्वपूर्ण सहयोग पुर्याउने बताए ।

युवा मन नेपाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोले छोटो समयमा नै राम्रो प्रतिक्रिया पाइरहेको छ । कोसी भिजन फिल्मले निर्माण गरेको भिडियोमा गायक अशोक दर्जीका साथी भुइँकटहर उर्फ स्माइल धिमालले अभिनय गरेका छन् ।
हाल जापानमा रहेका गीतकार मञ्जुल मितेरीले यस गीतलाई लेखेका हुन् । गीतकार मितेरीका अनुसार स्माइलको जीवनमा आधार रहेर गीतको रचना गरिएको हो ।

गीतको भावलाई भिडियोले अझ बलियो बनाएको निर्देशक सुमन योञ्जनले बताए । गीतमा बालकलाकार धिमालले सशक्त अभिनय गरेको भन्दै निर्देशक योञ्जनले खुलेर तारिफ गरेका छन् । टिकारामसँगै उनका प्रिन्सिपल दिपक न्यौपान, कौशिला राई लगायतले अभिनय गरेका छन् । यस गीतलाई छायाँकार उज्ज्वल बल तामाङले खिचेका हुन् ।

Facebook Comments