विश्व आदिवासी दिवस मनाइयो

शनिश्चरे, साउन २५ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद्ले २४ औँ विश्व आदिवासी दिवस बिहीबार विविध कार्यक्रमसहित देवकोटाचोक शनिश्चरेमा मनाएको छ ।

विभिन्न जातजातिको झाँकीसहित अर्जुनधारा–शनिश्चरे बजार परिक्रमा गरिएको ¥यालीपछि आयोजित कार्यक्रमको उदस्थानीय ज्येष्ठ चौतारीमा परिषद्का अध्यक्ष जगत राना मगरको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन महासंघ झापाका अध्यक्ष पारसमणि राईले गरेका थिए ।

नगर परिषद्का उपाध्यक्ष कर्ण तामाङले स्वागत गरेको कार्यक्रममा अर्जुनधारा–१० का अध्यक्ष बलदेवसिंह गोम्देन, ८ का अध्यक्ष गोपीचन्द्र गौतम, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नगर अध्यक्ष प्रेमसागर सापकोटा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य देउमान थेवे, नगर सभापति हेमराज खरेल, नयाँ शक्ति नेपालकी देवकला प्रसाईं, किरात राई यायोक्खा नगर अध्यक्ष क्याप्टेन मानबहादुर राई, पुण्य भट्टराई, सरस्वती गोले, दीपक तामाङलगायतले शुभकामना दिएका थिए ।
परिषद्का सचिव भीमकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा जातीय नृत्य टोलीका कलाकारले आप्mनो भेषभुषामा सजिएर सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए ।

Facebook Comments