ट्याक्टरबाट खसेर मृत्यु

गौरादह, २५ साउन । टयाक्टरवाट खसेर झापाको गौरादहमा एक जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका-१ स्थित भित्री सडक खण्डमा शुक्रबार बिहान १० बजे ट्याक्टरबाट खसेर झापा, दमक नगरपालिका-१ का २८ वर्षीय कमल तामाङको उपचारका क्रममा मृत्यु भएको हो ।

मे १ त ६५५३ नम्बरको ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि लाईफ लाईन अस्पताल दमक लगिएको थियो । उनको सोही अस्पतालमा दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ट्याक्टरसहित चालक दमक-१ का दर्शन तामाङलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

यसैगरी, झापा मेचीनगर नगरपालिका-४ स्थित जोगी डाँडामा मे १ प ६६२६ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँका ८० वर्षीया तिलमाया कडरिया घाइते भएकी छन् । मोटरसाइकल र त्यसका चालक मेचीनगर-४ का अनिल थापालाई अनुसन्धानका लागि प्रहरी चौकी बाहुनडाँगीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments