डिएसपीलाई सम्मानसहित बिदाइ

काँकरभिट्टा, साउन २५ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी प्रमुख टंकप्रसाद भट्टराईलाई बिहीबार बिदाइ गरिएको छ ।

मेची सामुदायिक प्रहरी सेवा केन्द्र काँकरभिट्टाले एक कार्यक्रमको आयोजना गरी डिएसपी भट्टराईलाई बिदाइ गरेको हो । केन्द्र काँकरभिट्टाका अध्यक्ष बुद्धिनाथ पौडेलले कदर पत्रसहित खादा र माला पर्हियाएर उनलाई बिदा गरेका हुन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरमा आयोजित कार्यक्रममा नेकपा मेचीनगर इन्चार्ज देवकुमार राई, माइती नेपालका पूर्वाञ्चाल क्षेत्रीय संयोजक गोविन्द घिमिरे, राप्रपा मेचीनगरका अध्यक्ष सुशील आचार्य, इटाभट्टा बजार व्यवस्थापन समितिका अध्यक्ष विनोद बानियाँलगायतको उपस्थिति थियो । डिएसपी भट्टराईले नागरिकलाई सुरक्षाको अनुभूति हुने गरी समाजमा शान्ति सुरक्षा कायम गर्न र सांगठनिक मूल उद्देश्य प्राप्त गर्ने कार्यमा आफू र मातहतलाई प्रभावकारी रुपमा परिचालन गरेका सहभागीहरुको भनाइ थियो । २०७४ भदौ ११ गते इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नेतृत्व सम्हालेका प्रहरी नायव उपरीक्षक भट्टराईको जिल्ला प्रहरी कार्यालय इलाममा सरुवा भएको छ । अब इप्रका काँकरभिट्टाको नेतृत्व सम्हाल्न प्रहरी प्रधान कार्यालयबाट प्रहरी नायव उपरीक्षक महेश थापा आउने भएको छ ।

यसैबीच, इलाका प्रहरी कार्यालय दमकमा एक वर्ष प्रमुख रहेर हालै सरुवा भएका डिएसपी दिपक गिरीलाई दमक जेसीजले सम्मानसहित विदाइ गरेको छ ।

बिहीबार दमक जेसीजको आफ्नै कार्यालयमा एक कार्यक्रम गरी डिएसपी गिरीलाई सम्मानसहित विदाइ गरिएको हो । सो अवसरमा गिरीले एक वर्ष दमक रहँदा राम्रो काम गरेको बताउँदै सम्मानसहित विदाइ गरिएको अध्यक्ष चन्द्र खत्री दाहालले बताए । कार्यक्रममा डिएसपी गिरीले दमक रहँदा शान्ति सुरक्षा कायम गराउनका लागि आफाई सबैले सहयोग र्पुयाएको चर्चा गरेका थिए । यसैगरी, होटल व्यवसायी संघले समेत होटल पाथिभरा एन्ड पार्टी प्यालेसमा एक कार्यक्रम गरी गिरीलाई विदाइ गरेको संघका अध्यक्ष राजन दंगालले जनाएका छन् ।

Facebook Comments