यौन अपराध रोकौँ

समाजमा बढिरहेको अपराधले मानिसको मनोविज्ञान कता गइरहेको छ भन्ने गम्भीर प्रश्न उब्जाएको छ । पछिल्लो समय झापामा यौन अपराध बढिरहेकाले चिन्ता बढाएको छ । पछिल्लो तीन महिनामा अर्जुनधारा नगरपालिकामा मात्रै छवटा बलात्कार र बलात्कार प्रयासका घटना भएका छन् । घटना हुनुको सूक्ष्म सामाजिक मनोविज्ञान अध्ययन गर्ने बेला आइसकेको छ । यौन अपराधप्रति मानिसको ध्यान किन गइरहेको छ भन्नेबारे गहन अनुसन्धान आवश्यक भएको छ । योबाहेक इन्टरनेटको माध्यमबाट चल्ने विभिन्न सामाजिक सञ्जाललाई आपराधिक उद्देश्यका लागि प्रयोग गर्ने प्रचलन दिनानुदिन बढ्दै गएको छ । तर, ओजपूर्ण मानवीय उपलब्धि, उच्चतम् प्रतिभा एवम् गरिमापूर्ण इतिहासलाई कलङ्कित गर्ने काम पनि यसै प्रविधिको प्रयोगबाट हुन थालेको छ ।

सूचना प्रविधिको यस्तो दुरुपयोगबाट अविकसित एवम् अल्पविकसित मुलुक सबैभन्दा बढी आक्रान्त छन् । विकसित मुलुकले सञ्चार प्रविधिको जुन रुपले विकास गरेका छन्, त्यसको दुरुपयोग नियन्त्रणका केही न केही उपाय पनि सँगै निकालेका छन् । तर, विकासशील या अल्पविकसित मुलुकहरुले ह्वात्तै प्रविधि त भिœयाए तर त्यसको दुरुपयोग नियन्त्रणको प्रविधि विकास गर्न सकेनन् । समाजमा भइरहेका यौन अपराधका घटनाका पछाडि पनि प्रविधिको गलत प्रयोग हुन सक्ने प्रशस्त सम्भावना छन् । इन्टरनेटको माध्यमबाट प्राप्त हुने यौनजन्य सामग्रीका कारण पुरुषहरु यौन अपराधतर्फ प्रेरित भइरहेका छन् । त्यस्तै, अपराध गरेपछि फरार हुने र खुला सीमाका कारण भारतमा लुकेर बस्न सक्छु भन्ने मनोविज्ञानले पनि यौन अपराधलाई प्रश्रय मिलिरहेको छ ।

सामाजिक सञ्जाल प्रयोगको नाममा यसको चरम दुरुपयोग बढ्दै गएको छ । हाम्रो मुलुक प्रविधि प्रयोगको यही कमजोर वृत्तमा रुमलिएको छ । अहिले सहर मात्रै होइन, गाउँगाउँमा इन्टरनेट सेवा पुग्न थालेको छ । इन्टरनेट माध्यमबाट यौनजन्य विकृति र सोहीअनुसारका अपराधले ज्यादा प्रश्रय पाएको बुझिन्छ । इन्टरनेट साइबरमा कुन उमेर समूहका व्यक्तिलाई प्रवेश दिने या कसलाई नदिनेसम्मको सामान्य मापदण्ड नहुँदा कही“कही“ साना बालबालिका समेत अप्राकृतिक, बर्जित एवम् सभ्य मानवीय आचारण विपरीतका गतिविधिमा ॅइन्टरनेट’ मार्फत् जोडिएको भेटिएको छ । यसले हाम्रो सांस्कृतिक परम्परा, सामाजिक आचरण र सभ्यतामाथि प्रहार गर्दै लैजाने खतरा देखिन्छ । त्यसलाई नियन्त्रित ढड्डबाट प्रयोगमा ल्याउनु बुद्धिमानी हो । त्यसबाट आउन सक्ने नकारात्मक परिणामको आ“कलन गरी नियन्त्रणका सम्भव उपाय अपनाउने दायित्व सरकारको हो ।

Facebook Comments