दमकमा मुक्तिनाथ बैंक

दमक, साउन २५ । झापाको दमकमा मुक्तिनाथ विकास बैंकले शाखा सञ्चालनमा ल्याएको छ । यससँगै देशभरि ९५ वटा शाखा विस्तार भएको बैंकले जनायो । दमकमा करिब २ दर्जन बैंकको शाखा सञ्चालनमा रहेका छन् ।

दमकचौकमा बिहीबारदेखि औपचारिक रुपमा शाखा सञ्चालनमा ल्याइएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताए । दमक शाखाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उद्घाटन गरे । उद्घाटनसँगै बैंकले दमकमा आफो कारोबार सञ्चालनमा ल्याएको शाखा प्रमुख दिनेश लुइँटेलले बताए ।

त्यस अवसरमा प्रमुख अतिथि नगर प्रमुख ओली, बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेल, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य प्रकाश प्रसाइर्ं, दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, मानवअधिकारकर्मी डिल्ली भट्टराई, पाथिभरा सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक विदुर खड्कालगायतले वक्ताहरुले हरेक बैंक अब जनताका बीच पुग्नुपर्ने जोड दिएका थिए ।

Facebook Comments