संगीताको अनायसै आँसु झर्दा (भिडियो सहित)

नेपाली संगीत क्षेत्रमा गजल लिएर नवगायिका संगीता रणपहेँली प्रवेश गरेकी छन् । उनको स्वरमा रहेको ‘अनायसै आँसु झर्दा’ बोलको गजल युट्युबमार्फत रिलिज भएको छ ।
कमला रणपहेँलीको शब्द तथा अनुप भट्टराईको संगीत रहेको सो गजल संगीताको पहिलो सांगीतिक कोसेली हो । सो गजलको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको छ । भिडियोलाई एक दिनमै छ हजारभन्दा बढीले हेरेका छन् ।
गजलको म्युजिक भिडियोमा पासाङ शेर्पा, सगुन लिम्बू र सविन लिम्बूले अभिनय गरेका छन् ।
पासाङ शेर्पाले निर्देशन गरेको भिडियो म्युजिक नेपालमार्फत बजारमा आएको हो । शेर्पाकै क्यामेरा रहेको भिडियोको सम्पादन पनि उनैले गरेका हुन् । म्युजिक अरेन्जमेन्ट सविन लिम्बूले गरेका हुन् ।

Facebook Comments