जिल्ला समन्वय समितिमा रुपान्तरण तालिम

भद्रपुर, साउन २६ । जिल्ला समन्वय समिति झापाका पदाधिकारी, सदस्य र कर्मचारीहरुका लागि व्यक्तिगत एवम् संस्थागत रुपान्तरणसम्बन्धी तालिम कार्यशाला शनिबार सम्पन्न भयो । तालिममा व्यक्तिगत र संस्थागत रुपान्तरणका लागि अपनाउनुपर्ने विधिहरुको बारेमा छलफल भएको समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए ।
२३ जनाको सहभागिता रहेको सो तालिम कार्यशालाको सहजीकरण तुलसी निरौलाले गरेका थिए । सकारात्मक चिन्तनको विकास गर्दै व्यक्तिगत, संस्थागत र सामुदायिक रुपान्तरणमा तालिम केन्द्रित रहेको थियो । जिल्लापश्चात् सम्पूर्ण स्थानीय तहका प्रमुख एवम् उपप्रमुखहरुका लागि समेत यस किसिमको तालिम कार्यशाला आयोजना गरिने समन्वय समितिले जनाएको छ ।

Facebook Comments