अस्ट्रेलियाबारे ग्लोबल टचको सेमिनार

बिर्तामोड, २७ साउन । नेपाली लगानीकर्तासहितले अस्ट्रेलियामा सञ्चालन गरेको रान्सफोर्ड कलेजले यस वर्ष ६ सय नेपाली विद्यार्थीका लागि कोटा प्रदान गर्ने भएको छ ।

ग्लोबल टच एजुकेसन फाउन्डेसन बिर्तामोडले आइतबार आयोजना गरेको अस्ट्रेलियन एजुकेसन सेमिनारमा कलेजका कन्ट्री हेड दिपक गुरुङले त्यस्तो बताएका हुन् । सेमिनारमा ८० भन्दा बढी विद्यार्थी सहभागी रहेका थिए । कम्प्युटर साइन्स, एकाउन्टिङ, नर्सिङ, बिजनेस लगायतका बिषयमा अध्ययन गराइने सो कलेजमा हाल ७५० भन्दा बढी बिद्यार्थी अध्यनरत रहेका छन् । सो कलेज सन् २०१७ बाट मेलबर्नमा सञ्चालनमा आएको हो ।

अस्ट्रेलिया गएर पढ्ने इच्छा भएका विद्यार्थीका लागि उक्त कलेजमा उपयुक्त वातावरण र कलेज शुल्क सहज रहेको गुरुङले बताए । शिक्षाको लागि अस्ट्रेलिया विश्वमै राम्रो भएकोे बताउँदै उनले भने, ‘अहिले पढ्नेभन्दा पनि कमाउन अस्ट्रेलिया जाने क्रम बढेकाले धेरै नेपालीले दु:ख पाएका छन् ।’ राम्रो पढ्ने विद्यार्थीले मात्र अस्ट्रेलियामा राम्रो कमाउन सक्ने उनले बताए ।

ग्लोबल टच एजुकेशन यो महिना मात्र चार पटक सेमिनार सम्पन्न गरेर ५०० भन्दा बढी विद्यार्थीलाई अस्ट्रेलियाबारे परामर्श प्रदान गरेको संस्थाका प्रमुख गौतमले बताए । विद्यार्थीले अष्ट्रेलियाको शिक्षा र त्यहाँको अवस्थाबारे राम्रोसँग बुझेर मात्र अस्ट्रेलिया जाउन् भन्ने उद्देश्यले विभिन्न कलेजसँगको समन्वयमा कार्यक्रम गरेको उनले बताए ।

Facebook Comments