‘सफलताको सूत्र इमान्दारिता’

हलेसी ट्रेड लिंक बिर्तामोड गोल्छा अर्गनाइजेसनले नेपालभर सञ्चालनमा ल्याएको बजाज तीन पाङ्ग्रेका ३५ भन्दा बढी आधिकारिक डिलरमध्ये उत्कृष्ट बन्दै ‘नेसन बेस्ट डिलर’ बनेको छ । भैरहवामा साउन २१ गते आयोजित बजाज आरई च्याम्पियन मिट २०१८ मा सो अवार्डबाट हलेसी ट्रेड लिंक सम्मानित भएको छ । विगत दुई वर्षदेखि बिर्तामोडमा सञ्चालनमा आएको हलेसी ट्रेड लिंकका सञ्चालक चूडामणि पौडेलसँग यसै सन्दर्भमा गरिएको कुराकानी :

बजाज थ्री ह्विलर (टेम्पो)सँग कसरी जोडिनुभयो ?

२०७० सालमा धुलाबारीमा सुरु गरिएको महेन्द्रा ट्रयाक्टरको ब्रान्च शोरुमसँग हलेसी ट्रेड लिंकको सुरुवात जोडिएको छ । महेन्द्रा गाडीको काम गरिरहँदा गोल्छा अर्गनाइजेसनले बजाजका तीन पाङ्ग्रे टेम्पो नेपाल भिœयायो । त्यसैबेला बजाज टेम्पोको मेचीका लागि डिलर आवश्यकता भनेर पत्रपत्रिकामा विज्ञापनमा आयो । हलेसी ट्रेड लिंक पनि त्यसका लागि इच्छुक छ भनेर निवेदन दिएपछि अर्गनाइजेसनको टिमले छनोट र्गयो । महेन्द्रा गाडीको व्यापारिक अनुभवले नै यो सम्भव भयो । गोल्छा अर्गनाइजेसन आफैँमा रेपोटेड कम्पनी, त्यसैले यस संस्थासँग जोडिएर काम गर्न पाउँदा म आफैँलाई भाग्यमानी ठान्छु । किनकि जोकोहीले चाहँदैमा यो संस्थासँग जोडिन गाह्रो छ । कामको मूल्यांकनपछि मात्र सक्षम मान्छेलाई मात्र दिन्छ । हलेसी ट्रेड लिंकले विगत २ वर्षदेखि बिर्तामोडमा रहेर ग्राहकमाझ बजाज टेम्पो र्पुयाउँदै आएको छ । कम्पनीको विश्वासलाई कायम राखेका छौँ, त्यसैले यो वर्ष हलेसीलाई नेसन बेस्ट डिलर अवार्ड पनि मिलेको छ ।

किन बजाज नै रोज्नुभो ?
ब्रान्ड । बजाजले बनाएका हरेक कुरा सफल छन् । गाडीको क्षेत्रमा मात्र होइन, इलेट्रिकलमा पनि उत्तिकै सफल छ । बजाज नेपालमा आए म यो ब्रान्डको काम गर्छु भन्ने मनमा थियो । यसबाट आफूलाई मात्र नाफा नभई सर्वसाधारण समेत स्वरोजगार हुन्छन् र उनीहरु सन्तुष्ट हुन्छन् भन्ने लागेर मेरो रोजाइमा बजाज रह्यो ।

डिलरले दिने सेवा सुविधाको कुरा गर्नुपर्दा के भन्नुहुन्छ ?
कम्पनीले दिएको भन्दा माथि उठेर हामीले ग्राहकको सेवा सुविधाका बारेमा सोचेका छौँ । यसको मुख्य कारण भनेको टेम्पो चलाउने सर्वसाधारण हुन् । गुजारा चलाउन र थोरबहुत बचत गर्नका लागि उनीहरु मेहनत गरिरहेका हुन्छन् । कम्पनीले ६ महिना वारेन्टी र ३-४ पटकसम्म सर्भिसिङ सुविधा दिन्छ । हाम्रो डिलरले वारेन्टी त त्यति नै हो, तर सर्भिसिङको सुविधा चाहिँ एक वर्षसम्म दिन्छ । एक वर्षसम्म सर्भिसिङको चार्ज लिँदैनौँ, सामानको चाहिँ लिन्छौँ ।

ग्राहकलाई के-कस्ता सुविधा दिइरहनु भएको छ ?
म हातमा कालो लगाएर आफैँ काम गर्ने मान्छे । यसको अर्थ म मिस्त्रीभन्दा जान्ने भन्ने होइन । तर, म सँगसँगै काम गर्न सक्छु । डिलरमा आउँदा को मालिक, को कामदार भन्ने छुट्याउन नयाँ मान्छेले सक्दैन । अर्थात, यहाँबाट खरिद भएको गाडी जहाँ जतिबेला बिग्रिए पनि हामी सेवाका लागि तत्पर रहन्छौँ । बाटोमै पुगेर बनाउँछौँ । बाटोमा आइपर्ने भइपरी समस्यालाई पनि हामीले नजिकबाट हेरिरहेका छौँ । जति टेम्पो कुदाउने साथीहरु हुनुहुन्छ, उहाँलाई म मनैदेखि माया गर्छु । त्यसैले ठोक्किएर कतै टाउको उहाँको फुट्दा, मलाई दुख्छ ।

तीन पाङ्ग्रेको पार्टपुर्जा पाइएन भन्ने गुनासो छ नि ?
अरुको डिलरको कुरा मलाई थाहा हुन्न । तर, हलेसी ट्रेड लिंकबाट टेम्पो खरिद गर्ने कुनै पनि ग्राहकले सामान पाउनु भएन भने उहाँले गाडी फिर्ता गर्दा हुन्छ । सामानमा महँगो-सस्तो हुन सक्ला । तर, पार्टपुर्जा नपाइने भन्ने समस्या छैन । सुरुमा महँगो थियो, अहिले मूल्य घटेर आएको छ ।

बिना धितो पनि टेम्पो बिक्री गरिरहनु भएको छ, यसो गर्दा समस्या पर्दैन ?
कुरा समस्याको भन्दा इमान्दारिताको हो । हामीले जतिलाई पनि बिना धितो गाडी दिएका छौँ, उहाँहरु इमान्दार हुनुहुन्छ भन्ने विश्वासले दिएका छौँ । समस्या नआउने भन्ने त होइन, तर हाम्रो उद्देश्य व्यापार गर्नु मात्र होइन, स्वरोजगार बनाउनु पनि हो । धितोमा दिँदा ब्याज अलिक कम लाग्छ, त्यसकारण प्राथमिकता धितोलाई नै दिने हो । तर, जसको केही छैन, जसलाई कसैले पत्याउँदैन तर ऊ इमान्दार छ भने हामीले उसको बारेमा सोच्नुपर्छ । चूडामणि पौडेलको सफलताको सूत्र भनेको इमान्दारिता हो । त्यसैले मसँग जोडिनु भएका साथीहरुले इमान्दारिता छोड्नु हुन्न भन्ने मलाई पूर्ण विश्वास छ ।

धुलाबारी छाडेर बिर्तामोड नै किन रोज्नुभो ?
खासमा त यो कुरा कम्पनीकै योजना हो । तर, हामीले हेर्दा बिर्तामोड अहिले व्यापारिक केन्द्र बनिसकेको छ । कमर्सियल बैंक मात्रै ४०-५० वटा झन्डै पुग्छ होला यहाँ । अहिले हरेक हिसाबले बिर्तामोड केन्द्रित छ, व्यापारिक अग्रता छ । सायद त्यसैले कम्पनीले दीर्घ सोच राखेर व्यापारका लागि बिर्तामोडलाई रोजेको हुनुपर्छ ।

बजाज टेम्पो खरिद गर्न बिर्तामोड नै धाउनु पर्छ कि अन्य पनि छन् सेवा केन्द्रहरु ?
सर्भिस सेन्टरहरु धुलाबारी, चन्द्रगढी, बुधबारे, सुरुङ्गा लगायत ठाउँमा खोलेका छौँ । खरिद गर्न त्यहाँ कुरा राखेर पनि गर्न सकिन्छ । यहाँसम्म आइराख्नु पर्दैन । तर अप्ठ्याराहरु छन् भने र सबै कुरा बुझ्न, सेवा सुविधाका लागि ग्राहकले बिर्तामोड नै आउनु पर्ने हुन्छ । पैसा अपुग हुन्छ कहिलेकाहीँ, त्यसको लागि पनि सिधा सम्पर्क राख्दा राम्रो ।

अन्त्यमा के भन्नुहुन्छ ?
टेम्पो चलाउँछु भन्ने साथीहरु हुनुहुन्छ भने उहाँहरुलाई ब्रान्ड चिनेर राम्रो किन्नुहोस् भन्छु । गरिबको लगानी डुब्नु हुँदैन भन्ने मेरो भित्री चाहना हो । हिजो महेन्द्राको काम गरिरहँदा मलाई जहाँसम्म लाग्छ सबै सन्तुष्ट हुनुहुन्थ्यो । आज बजाजको काम गरिरहँदा पनि सन्तुष्ट हुनुहुन्छ भन्ने लाग्छ । कोही-कोही आर्थिक हिसाबले ठास्सठुस्स रिसाउनु भाको होला । उहाँहरुलाई पनि नरिसाउनुहोस् भन्न चाहन्छु । आउनोस् भेट्नुहोस्, मैले कहाँ गल्ती गरेँ र तपाईंबाट कतै कमजोरी भएको छ कि ? नियालौँ र सँगसँगै अघि बढौँ भन्न चाहन्छु । गाडी लाने साथीहरुलाई किस्ता तिर्न गाह्रो भो भने आउनोस्, आफ्ना कुरा राख्नुहोस् भन्छु । तर, बिना सित्तीको खर्च गरेर, गाडी धन्क्याएर अल्छी गरेर नबस्न आग्रह गर्छु । हलेसीमा म मात्र होइन, सँगसँगै मेरो परिवार छ । काम गर्ने भाइहरु अब्बल हुनुहुन्छ, उहाँहरुले डिलरलाई लिड गरिरहुन भएको छ । हलेसी ट्रेड लिंक संस्था हो, यसलाई हामी विश्वासको जगमा उभ्याउने प्रयत्नमा छौँ । जसले भोलिका दिनमा ल्याएका जुनसुकै कुरा चलेर जाउन् भन्ने हाम्रो दीर्घकालीन सोच रहेको छ ।

Facebook Comments