महिला हिंसाविरुद्ध अर्पणाको गीत (भिडियो सहित)

दस वर्षदेखि गायनमा लागेकी दमककी गायिका अर्पणा श्रेष्ठ लोक पप गीतमा चर्चित नाम हो । नारी हकहितमा उनी संगीतका माध्यमबाट लाग्दै आएकी छन् । यसपालिको तीजमा उनी नारीहरुको वेदना, पतिपत्नीबीच हुने व्यवहार आदिलाई समेटेर ‘वर्ष दिनको तीजमा ए मेरो हजुर’ बोलको तीज भिडियो बजारमा ल्याएकी छन् ।

गायिका श्रेष्ठकै आवाजमा रहेको उक्त तीज गीतमा घरमा बुहारीलाई छोरीको संज्ञा पनि दिन नसक्ने परिवारमा श्रीमानले आप्mनै बहिनीको जसरी माया ममता दिनु पर्ने संस्कारलाई गीतमार्पmत बताउन खोजिएको छ । घरेलु हिंसा कम गर्न यो गीत बनाइएको गायिका श्रेष्ठले बताएकी छन् । गीतकार नारायण सुवेदी आभासको शब्द संगीत तथा विनय केटुको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोमा कर्मा लामा, सविना थापा, रेखा कँडेलको अभिनय रहेको छ ।

गीतमार्फत महिला हिंसा कम गराउन सशक्त भूमिका खेल्न सकिन्छ भन्ने अपर्णको विश्वास छ । नेपाली संगीतमा श्रेष्ठकी छोरी क्रिस्टिना श्रेष्ठ पनि आबद्ध छिन् । उनको पनि ‘रहर’ र ‘परी’ बोलको गीत युट्युबमा धेरैले हेरेका छन् ।
‘तिमी हिँड्ने गोरेटोमा’ बोलको गीतबाट चर्चाको शिखरमा पुगेकी गायिका अर्पणाका ‘पूर्णेको जून’, ‘अर्को जुनी’ लगायतका हिट गीतहरु छन् ।

उनले एक विशेष कार्यक्रमका साथमा झापाको बिर्तामोडमा रहेको रेड मग क्याफेमा मंगलबार ‘वर्ष दिनको तीजमा ए मेरो हजुर’ गीतको भिडियो सार्वजनिक गर्दैछिन् ।

 

Facebook Comments