उदीयमान गायक “सानाहाङ”

नेपाली साड्ढेतिक आकासका नवदित नक्षेत्रको रुपमा स्थापित हुँदै गरेको नवगायक हुन सानाहाङ लिबाङ लिम्बू । दुधे झापा स्थायी घर भएका गायक प्रवासको बसाइमा पनि सङ्गीतप्रतिको मोह उतिकै राख्ने एउटा प्रबल सम्भावना बोकेका गायक हुनभन्दा कुनै अन्यथा नहोला ।

सानै उमेरबाट सङ्गीत क्षेत्रमा आकर्षित भएको बताउने गायक सानाहाङ लिबाङ लिम्बू प्राय: स्कुल स्तरीय हुने जुनसुकै साड्ढेतिक प्रतियोगितामा पढाइसँगै सधैँ उत्कृष्ट हुने गर्दथे । सङ्गीतप्रतिको रुचि लगाव र मायाले गर्दा यस क्षेत्रमा प्रवेश गरेपछि भोकभोकै हिँड्दा पनि कुनै दु:खको महसुस नभएको बताए । उनले स्रोता र दर्शकले मन पराएकै काराण आज सङ्गीतलाई झन नजिकबाट चिन्ने मौका मिलेको बताए । आफ्नो स्वर्गीय दाइ रामकुमार लिबाङ, देव तुम्बापो, कृष्ण योञ्जन, ध्रुव पाठकलाई संगीतमा आफ्नो प्रेरणाको स्रोत रहेको उनको भनाइ छ ।

‘साथ तिम्रो’, ‘रक्सी तीन पाने’, ‘उल्टी सुल्टी हान्दै’, ‘हिरो हेन्सम’ लगायतका दर्जनौँ गीतहरुमा आफ्नो आवाज भरेका सानाहाङले मलेसियामा वितरण गरेको हिमालयन इन्टरनेसनल अवार्डमा पब्लिक भ्वाइस च्वाइज अवार्ड हात पारेका थिए । मेहनती र इमान्दार गायका रुपमा चिनिएका सानाहाङ मेलेसियामै रहेर काम गरिरहेका छन् । सानाहाङको केही दिनअगाडि मात्रै ‘नचाहेरै’ बोल गीत सार्वजनिक गरिएको छ । भिडियोलाई यसुन क्रियसनले बजारमा ल्याएको हो । डिपी खनालको शब्द तथा विक्रम लिम्बूको सङ्गीतमा रहेको यस गीतको भिडियोमा ब्रह्मदेव मण्डल र ममता राईले अभिनय गरेका छन् । भिडियोमा सन्दिप योङहाङ लिम्बूले छायाँकन, सुन्दर लावतीको निर्देशन तथा राजेन्द्र खड्काको सम्पादन रहेको छ ।

Facebook Comments