विपास्ना र सत्यमको सफलता

झापाको बिर्तामोडमा गत शनिबार सम्पन्न ‘लिटल च्याम्प २०१८’ को उपाधि बिर्तामोड नगरपालिका वडा १ की १४ वर्षीया विपास्ना खरेल र बिर्तामोड ५ का १४ वर्षीय सत्यम शिवाकोटीले हात पारे । उनीहरुले एउटै इभेन्ट्सबाट लेडिज र जेन्सतर्फको उपाधि हात पार्न सफल भएका हुन् ।

सेल्फी मिडिया प्रालिले आयोजना गरेको यस प्रतियोगितामा २२ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनीहरुले उपाधि जितेका हुन् । यसैगरी ‘लिटल च्याम्प’ को फस्ट रनर अपमा बिर्तामोड ५ की १४ वर्षीया जेनी निरौला र सेकेन्ड रनर अपको उपाधि बिर्तामोड २ कि १४ वर्षीया सलिना दाहालले जितिन् । जेन्सतर्फको फस्ट रनर अपमा बिर्तामोड ५ का १२ वर्षीय युनिस सुवेदी र सेकेन्ड रनरअपमा बिर्तामोड ५ कै १५ वर्षीय जेनिस निरौलाले उपाधि हात पारेका थिए ।

विजयी भएपछिको अनुभव सुनाउँदै विजेता विपास्ना भन्छिन्, ‘मलाई त यो उपाधि हात पारेपछि आफसेलिब्रेटी भएको अनुभव भइरहेको छ ।’ ताज पहिरिएको समयदेखि रात, बिहान, दिउँसो आफ्ना आफन्त, शिक्षक, शुभचिन्तकले बधाई दिइराख्दा आफसाँँच्चिकै सेलिब्रटी भएको जस्तै लागेको उनले सुनाइन् । न्युटन एजुकेसन एकाडेमीमा कक्षा ९ मा अध्यनरत विपास्ना गीतसंगीतमा औधी रुचि राख्छिन् । उनले उपाधि जित्नुको श्रेय इभेन्ट्सकी कोरियोग्राफर वर्षा शिवाकोटीलाई दिएकी छन् । करिब एक महिनासम्म बन्दसत्रमा राखेर अनेक प्रकारका ज्ञान दिएकै कारण उपाधिको हकदार भएको उनको भनाइ छ ।

इभेन्ट्समा भाग लिन खोज्दा सुरुमा परिवारबाट साथ नपाएकी उनी आफ्नै ढिँपीका कारण प्रतियोगितामा सहभागी भएकी थिइन् । विजेता भएपछि उनले परिवारले नसोचेको सफलता हात पारेकी हुन् । सामाजिक काममा विपास्नाको बढी झुकाव रहेको देखिन्छ । समाजमा परिवर्तनका लागि हरेक काम महत्वपूर्ण हुने भन्दै उनले आफमरेर गए पनि समाजले कहिल्यै नबिर्सने खालका कामहरु गर्न रुचाउने बताइन् ।

उनी भन्छिन्, ‘उदाहरण दिनजति सजिलो छ, उदाहरणीय बन्न त्यति नै गाह्रो छ ।’ जति भाषण दिए पनि एकदुईजना बाहेक मिस नेपालहरुले पनि समाजका लागि केही गर्न नसकेको उनको भनाइ छ । एसइइपछि आफकम्प्युटर इन्जिनियरिङतर्फको पढाइमा लाग्ने भए पनि हरेक माध्यमबाट समाज परिवर्तनका लागि अघि बढ्ने तथा सबै नेपालीहरुको शीर उच्च हुनेगरीको काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरिन् ।

यसैगरी, अर्का विजेता सत्यम शिवाकोटी बहुमुखी प्रतिभाका धनी छन् । न्युटन एजुकेसन एकाडेमीमा कक्षा ८ मा अध्ययन गर्दै गरेका उनी गितारका शौखिन् हुन् । औपाचारिक रुपमा कसैबाट गितारको ज्ञान नलिए पनि आफ युट्युबको माध्यमबाट सिकेका उनले गितारमा जादूमय धुन निकाल्छन् । सुरुवातमा आफाई खासै रुचि नभए पनि बुवा आमाकै आग्रहमा प्रतियोगितामा सामेल भएका उनी विजेता बन्दा हर्षित छन् । स्टेजमा आफ्नो नाम विजेताको रुपमा उद्घोष भइरहँदा पनि आफाई पत्यार नलागेको उनी बताउँछन् । फस्ट रनर अपसम्मको आशा राखेका उनले विजेताबन्दा औधी खुसी लागेको बताए । प्रतियोगितामा सहभागी बन्नुभन्दा अघि र पछिको आफफरक भएकाले यसप्रकारका प्रतियोगिताले व्याक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको बुझाइ छ । पढाइसँगै आगामी दिनमा यस्ता खालका विभिन्न प्रतियोगितामा भाग लिँदै र सफलताका लागि अघि बढ्ने सत्यमले बताए । उनले भविष्यमा सिए बन्ने सपना देखेका छन् ।

Facebook Comments