क्रिकेटमा सन्दीपको नयाँ कीर्तिमान !

झापा, भदौ १५ । आफो खेल करिअरमा एकपछि अर्को सफलता चुम्दै आएका १८ वर्षीय क्रिकेटर सन्दीप लामिछानेले आफो नाममा अर्को एउटा कीर्तिमान बनाएका छन् ।

इन्डियन प्रियमिर लिग (आइपिएल) र क्यारेबियन प्रिमियर लिग (सिपिएल) र ग्लोबल टि २० लिग क्यानडामा समेत कुशलता देखाइसकेका सन्दीप नेपालबाट वान डे इन्टरनेशनल (ओडिआई) मान्यता प्राप्त खेलमा सबैभन्दा धेरै विकेट झार्ने खेलाडी बन्न सफल भएका हुन् । उनले यो कीर्तिमान मलेसियाको क्वालालाम्पुरमा जारी एसिया कप क्रिकेट छनोट प्रतियोगता अन्तर्गत युएईविरुद्ध चार विकेट लिँदै बनाउन सफल भएका हुन् ।

सन्दीपले यसअघि नेदरल्यान्ड्सविरुद्ध भएको पहिलो सिरिजका दुईवटा खेलमा पनि ४ विकेट लिन सफल भएका थिए । नेदरल्यान्ड्स र युएईविरुद्ध लिएकोसहित सन्दीपको विकेट संख्या ८ भएको छ । ओमानविरुद्ध प्रभाव जमाउन नसकेका सन्दीपले युएईविरुद्ध भने १० ओभर बलिङ गर्दै २ मेडनसहित केवल २४ रन मात्रै दिएर ४ विकेट झारेका थिए ।

सन्दीपपछि नेपालका लागि आइसिसीबाट मान्यताप्राप्त ओडिआईमा सोमपाल कामीले ६ विकेट लिइसकेका छन् । उनले नेदरल्यान्ड्सविरुद्धको पहिलो वान डे सिरिजमा ४ विकेट झारेका थिए भने युएईविरुद्ध बिहीबार भएको खेलमा २ विकेट लिए ।

सन्दीपले अर्को पनि कीर्तिमान बनाएका छन् । उनी केवल २४ खेलमै ५० विकेट लिने पहिलो नेपाली क्रिकेटर पनि भएका छन् । सन् २०१६ मा विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिबियाविरुद्ध टियु मैदाना डेब्यु गरेका उनले लिस्ट ए खेलमा आफो विकेट संख्या पनि ५० र्पुयाएका हुन् । अर्का क्रिकेटर वसन्त रेग्मीले पनि एसिया कप क्रिकेट छनोटअन्तर्गत युएईविरुद्ध २ विकेट लिएर लिस्ट ए मा विकेट संख्या ५० विकेट र्पुयाए । वसन्तले युएईविरुद्धसहित ३८ खेल खेलिसकेका छन् । त्यसैगरी, लिस्ट एमा नेपालबाट सबैभन्दा पहिले ५० विकेट सोमपाल कामीले पूरा गरेका थिए । उनले अहिलेसम्म ४० खेलमा बलिङ गर्दै ५८ विकेट झारिसेका छन् ।

Facebook Comments