नेपालमा बनेको अंग्रेजी फिल्म ‘द म्यान फ्रम काठमाडौं’को ट्रेलर यस्तो बन्यो

काठमाडौं ।   ‘द म्यान फ्रम काठमाडौं’ टिमले फिल्मको प्रचार सुरु गरेको छ। टिमले फिल्मको प्रचार अस्त्र ट्रेलर पनि सार्वजनिक गरेको हो।

पाँच करोड लगानीमा निर्माण भएको यो फिल्म नेपालमा बनेको अंग्रेजी फिल्म हो। फिल्मको छायाँकन लस–एन्जलस र काठमाडौंमा गरिएको थियो। आइतबार अमेरिकाको सिकागोमा आयोजित नेपाली नेसनल कन्भेन्सन २०१८ समारोहमा फिल्मको ट्रेलर–पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा फिल्मको मुख्य पात्रको अनुहारलाई मुकुन्डोले छोपिएको छ।

हलिउड, बलिउड र नेपालमा एकैसाथ फिल्म रिलिज गर्ने तयारीमा छन् निर्माता। क्यूएफएक्स सिनेमाज् प्रमुख समेत रहेका नकिम उद्दिन फिल्मका निर्माता हुन्। नर्माता नकिमले नेपाली कथा अन्तर्राष्ट्रिय समुदायलाई देखाउन आफूहरु उत्साहित रहेको बताए।

उनले भारतीय, पाकिस्तानी र केही हलिउड कम्पनीले नेपालको पहिलो अंग्रेजी फिल्मको वितरणमा चासो व्यक्त गरेको जनाए। पेमा धोन्डुप फिल्मका निर्देशक हुन्। यसअघि ‘वी आर नो मंक्स’ निर्देशन गरेका थिए।

यस फिल्ममा अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा समेटेको छ। फिल्ममा अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ।

 

 

source : pahilopost.com

Facebook Comments

One comment

  1. Pingback: Google