एसबिआई बैंकमा ६० करोड भारु घोटाला

बैंकिङ खबर । भारतकै सबैभन्दा ठूलो स्टेट बैंक अफ इण्डिया (एसबिआई) मा घोटाला भएको छ । संचार माध्यमहरुले जनाए अनुसार, बैंकको तमिलनाडुस्थित शाखाहरुमा भएको घोटालाका मास्टर माइण्ड ओएमएस वेलमुरुगन र उनका भतिज आरु शेनबागन हुन् । उनीहरुले किसानहरुलाई सरकारी पेन्सन उपलब्ध गराइदिने नाममा ऋणको कागजातमा हस्ताक्षर लिएका थिए । त्यही कागजको आधारमा बैंकले ६० करोड भारु लगानी गरेको थियो । किसानकै खातामा ऋणको रकम गएपनि काकाभतिजले पछि निकालेको आरोप लगाइएको छ ।

ऋणका लागि हस्ताक्षर लिइएका किसानहरुमध्ये, छ महिनाभित्र १५ किसानको मृत्यु अस्वभाविक रुपमा भइसकेको छ भने एक किसान हराएको सूचिमा छन् । बैंकले किसानलाई ऋण भुक्तानीका लागि पत्राकार गरेपछि घोटालाको खुलासा भएको हो ।

एसबिआइले १६९ किसानको उत्पादनका आधारमा ऋण दिएको जनाएको छ । यो ऋण २५ लाखदेखि ४० लाख भारुसम्मले प्रवाह भएको छ । बैंकले जाँचका लागि बनाएको टोलीका सदस्यहरुका अनुसार, बैंक ठगी गर्ने यी काका भतिज पहिले पनि फर्जी काममा संलग्न थिए । प्रहरीमा यी दुई बिरुद्ध ४ सय हाराहारी उजुरी प्राप्त भएको छ । दुबै जना अहिले पक्राउ  परिसकेका छन् । सोमबार तेस्रा आरोपी पनि पक्राउ परेका छन् ।

 

 

 

source : www.bankingkhabar.com

Facebook Comments