भदौ २२ देखि ‘रामकहानी’ प्रदर्शन

दमक, २० भदौ । भदौ २२ गतेदेखि चलचित्र ‘रामकहानी’ देशैभरिका हलहरुमा प्रदर्शनमा आउने भएको छ । सुदर्शन थापाले निर्देशन गरेको सो चलचित्र यही शुक्रबारबाट दर्शकमाझ आउन लागेको हो । चलचित्रको वितरकको जिम्मा माता पाथीभराले पाएको छ ।

चलचित्रका पूर्वाञ्चल वितरक चैतन्य बरालले बुधबार दमकमा पत्रकार भेटघाट कार्यक्रम गर्दै ‘रामकहानी’ले दर्शकको मन जित्नेमा आफरु आशावादी रहेको बताए । निर्देशक थापाले यस अघि निर्देशन गरेका सबै चलचित्र सफल भएकोले पनि यो चलचित्र सफल बन्ने वितरक बरालको दाबी रहेको छ ।

पत्रकारसँगको भेटघाटमा चलचित्रका निर्देशक थापाले फोनमाफ सम्बाद गर्दै चलचित्रलाई आफ्नो टिमले एकदमै मेहनत गरेकाले सफल बन्नेमा आफूहरु विश्वस्त रहेको बताए । चलचित्रमा अभिनेत्री पूजा शर्मासँगको जोडीमा आकाश श्रेष्ठ रहेका छन् भने चर्चित हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेललगायतको प्रमुख भूमिका रहेको छ ।

यस अघि नै युटुवमा गीतसंगीत र ट्रेलरका कारण चर्चामा रहेको उक्त फिल्मले घरेलु बजारमा सुखद नतिजा ल्याउने फिल्म निर्माता ढुक्क देखिएका छन् ।

Facebook Comments