हुन्डाईको फेस्टिभ डिलाइट योजना

बिर्तामोड, भदौ २२ । हुन्डाई अटो मोबाइल्स नेपालको आधिकारकि विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट योजना ग्राहकहरुमाझ ल्याएको छ । यो योजना भदौ २१ गतेदेखि कात्तिक २७ गतेसम्म लागु हुने बताइएको छ ।

योजना दसैँ, तिहार र छठ उत्सव मनाउने लक्ष्यसहित ल्याइएको बिर्तामोडस्थित हुन्डाई कारको वित्रेmता अटो प्लाजा कन्सर्नले जनाएको छ । योजनाअन्तर्गत ग्राहकहरुले आकर्षक नगद छुट र १ वर्ष नि:शुल्क बीमा पाउनेछन् । साथै, स्तर््mयाच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको नगद छुट, लक्की-ड्रमार्फत १०० जनालाई १०-१० ग्राम सुन तथा बम्पर उपहारअन्तर्गत लक्की-ड्रमार्फत हुन्डाई आई टेन एक्टिभ एकथान र हुन्डाई क्रेटा एकथान जित्न सक्नेछन् ।

हुन्डाईका सबै गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फिसर्भिसिका साथै नि:शुल्क सवारी कर भुक्तानीसहित उपलब्ध हुनेछन् । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरि १३ शोरुमहरु तथा १५ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठुला अटो माबाइल उत्पादकमध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

Facebook Comments