झापामा सुढृण सुरक्षा अभियान सुरु

दमक, भदौ, २२ । झापामा सुढृण शान्ति सुरक्षा स्थापना गर्न प्रहरीले अभियान थालेको छ । जिल्लाको सुरक्षा व्यवस्था सुढृण गर्ने उद्देश्यले सुरक्षा लक्षित अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

इलाका प्रहरी कार्यालय दमकमा बिहीबार आयोजित एक कार्यक्रमका बीच झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अभियानको शुभारम्भ गरेका थिए । उनले अभियानको शुभारम्भ गर्दै यस अभियानले जिल्लाको सुरक्षा व्यवस्थामा अपेक्षित परिणाम आउने विश्वास व्यक्त गरे । प्रत्येक व्यक्तिले पहिला आफ आफो सर्तकता अपनाउन सके सुरक्षा चिन्ता नआउने भन्दै दाहालले भने, ‘नागरिकको सुरक्षा मजबुत बनाउन प्रहरीसँगै जनताले हातेमालो गर्नुपर्छ ।’ यस अभियान सुढृण सुरक्षा निर्माणका लागि महत्वपूर्ण भूमिका हुने बताउँदै दाहालले यसबाट अपराधबिनाको समाज निर्माणमा अभियानले सकरात्मक सार्थकता पाउने दाबी समेत गरे ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ढकालले अभियानको सात बुँदे योजना सार्वजनिक गरेका थिए । अभियानअन्तर्गत जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाउने विभिन्न योजनाहरु सञ्चालन हुने उनले जानकारी दिए । अब प्रहरीले विषयगत सुरक्षाको व्यवस्थापन गर्न यस अभियान लक्षित हुने उनको भनाइ थियो । त्यसका लागि प्रहरीले बैंकिङ सुरक्षामा कार्यरत १ हजारजना गार्डलाई सुरक्षा बन्दोबस्ती तालिम दिने एसपी ढकालले बताए ।

उनले नजिकिएको दसैँतिहार जस्ता चाडपर्वहरुमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न बैंकिङ सुरक्षा सम्बन्धी सुरक्षा रणनीति समेत ल्याउने जानकारी दिए । उनले जिल्लाका १५ वटै स्थानीय तहमा जिल्लाभित्रका सुरक्षा युनिटमार्फत स्थानीय सरकार र सरोकारवाला पक्षहरुबीच समन्वय गरेर अभियानलाई प्रभावकारी बनाउने बताए । उनले भने, ‘यस अभियानले कम्तिमा दुई महिनाभित्रमा जिल्लाभित्र सुढृण सुरक्षा बन्दोबस्तीको प्रत्याभूत हुनेछ ।’

अभियान शुभारम्भा बोल्दै नगर प्रमुख रोमनाथ ओलीले जिल्लालाई भय तथा अपराधबिनाको समाज निर्माणमा प्रहरीसँगै जनताले सँगै काम गरे मात्र त्यसले सकरात्मक परिर्वतन ल्याउने बताए । जिल्लास्थित सशस्त्र प्रहरी बलका एसपी रेशमकुमार थक्सु, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख, प्रहरी अधिकारीहरुको सहभागिता रहेको सो कार्यक्रममा दमकमा रहेका बंैकर तथा सञ्चारकर्मीहरुले अभियानका बारेमा आआफो जिज्ञासा राखेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक श्यामल सुब्बाले जानकारी दिए ।

Facebook Comments