रिलिज अगाडि नै विवादमा ‘मणिकर्णिका’

बलिउड अभिनेत्री कंगना रनौतको प्रतिक्षीत फिल्म ‘मणिकर्णिका’ रिलिजअगाडि नै विवादमा तानिएको छ । यसको ताजा कारण सोनु सूद फिल्मबाट बाहिरिनु हो । उनले फिल्मको कयौँ सिन सुट गरिसकेका थिए । अब उनले फिल्म छाडेपछि सम्पूर्ण सिन रिसुट गर्नुपर्ने भएको छ । मिड डेको रिपोर्टअनुसार रिसुटका लागि निर्माताको २० करोड एक्स्ट्रा खर्च हुने भएको छ । १० दिनको प्याच वर्क सुट अब ४५ दिनकोे बनेको छ ।

कयौँ सिन फेरि दोर्होयाएर सुट गर्नु पर्नेछ । सुत्रका अनुसार पहिलो स्क्रिनिङको क्रममा प्रोड्युसर्सले राइटर केबी विजेन्द्र प्रसादको स्क्रिप्टअनुसार फिल्म नबनेको पाएका थिए । जसकारण दोस्रोपटक रिसुट गर्नु परेको थियो । प्रोड्युसर्ससँग मिटिङपछि फेरि सुटिङका लागि २० करोड निकासा गरिएको छ । सोनु सूदले फिल्म छाडेपछि यतिबेला माहोल खुब गर्माएको छ । दुवै एक्टर्सको यस मुद्दामा बयान बाहिर आएको छ । कंगनाले सोनुसँग फिल्मका लागि डेट्स नभएको र महिला निर्देशकसँग काम गर्न नचाहेको पनि बताएकी छन् । हालै सोनुले एक सेटमा दुई निर्देशकसँग काम गर्न नसक्ने भएर फिल्म छाडेको बताएका छन् ।

Facebook Comments