घर भत्किएपछि न्याय माग्दै मेहता

दुर्गापुर, भदौ २२ । ‘म असुरक्षित भएँ, त्यसैले आजकाल घरमा बस्दिन । बिर्तामोडतिरै बस्छु’, झापाको दुर्गापुरका मिल व्यवसायी रामाशिष मेहताले भने, ‘नगरपालिकाले बाटो निर्माण गर्दा खनेको नालीका कारण घरअगाडिको पर्खाल भत्कियो । मेरो घर र सामानको सुरक्षा भएन अनि कसरी बस्नु ।’

कनकाई नगरपालिका वडा नम्बर १ र ७ को बीचमा रहेको भृकुटी मार्ग निर्माण गर्ने क्रममा गत चैतमा मेहताले सञ्चालन गर्दै आएको पुरुषोत्तम सेलर मिल प्रालिको पर्खाल चर्किएको थियो । चर्किएर धराप भएको पर्खाल लड्नुका साथै बिम भाँचिएको छ ।

‘नगरपालिकाले बाटो बनाउँदा भत्किएको पर्खाल बनाइदिनु र्पयो, त्यत्ति हो मेरो अरु माग केही पनि छैन’, मेहताले भने, ‘गल्ती नगरपालिकाले गरेको हो, मलाई बस्ने वातावरण मिलाई दिनुर्पयो ।’ अहिले पर्खालको बिम भाँचिएको छ । जस्ता पाताको छाना पनि भत्किएको छ ।

पर्खाल चर्किएपछि नगरपालिकामा निवेदन दिएको र नगरपालिकाले पनि तत्कालीन समयमा क्षतिपूर्तिको आश्वासन दियो तर हालसम्म कुनै सुनुवाइ नभएको मेहताले बताए ।

यसैबीच, कनकाई नगरपालिका वडा नम्बर १ का सदस्य देवीप्रसाद अधिकारीले मेहताको पर्खाल भत्किएको विषयमा वडाको मेलमिलाप समितिले मिलाउने कोसिस गरेको तर कुरो मिल्न नसकेपछि नगरपालिकाको न्याययिक समितिमा पुगेको बताए । अधिकारीले भने, ‘सायद क्षतिपूर्तिको विषयमा कुरा नमिलेको हुनुपर्छ । बाटो निर्माण गर्ने क्रममा काब्राबोटे पैनीबाट माटो निकाल्दा खाल्डो परेर पर्खाल भत्किएको हो । नियतवश भत्काइएको होइन ।’

कनकाई नगरपालिका नगर प्रमुख राजेन्द्र पोखरेलले बाटो निर्माण गर्ने क्रममा पर्खालभन्दा २ फिट टाढैबाट माटो निकालिएको भए पनि नाली खन्दा केही गहिरो भएकोले पैनीको पानीले माटो बगाएपछि पर्खाल लडेको बताए । मेहताले नगरपालिकामा क्षतिपूर्तिका लागि निवेदन दिँदा प्रक्रिया नपुगेको नगर प्रमुख पोखरेलले जानकारी दिए । ‘निवेदनसाथ आवश्यक कागजात पेश गरेर प्रक्रिया पुगेको खण्डमा प्राविधिक टोलीले निरीक्षण गरेपछि उचित क्षतिपूर्ति दिन नगरपालिका तयार छ’, नगर प्रमुख पोखरेलले भने, ‘मेहताप्रति हाम्रो कुनै पनि पूर्वाग्रह छैन ।’

उनले भने, ‘हामीले मेहतालाई प्रक्रिया र्पुयाएर आउनु होस्, प्राविधिक टोलीले ठर्हयाएको उचित क्षतिपूर्ति दिन सकिन्छ भनेकै छौँ ।’ तर, मेहताले दिएको निवेदन आफले फिर्ता लगेको नगर प्रमुख पोखरेलले बताए । उनले बाटो बनाउँदा माटो निकाल्ने क्रममा भएको सानो विषयलाई ठुलो पार्न खोजिएको बताए । ‘यो कुनै ठुलो विषय होइन मेहता आफले पर्खाल निर्माण गरेर ल यति खर्च लाग्यो केही नगरपालिकाले पनि हेरिदिनुर्पयो भन्दा हुने विषय हो’, नगर प्रमुख पोखरेलले भने ।

यसैबीच, मिल सञ्चालक मेहताले नगरपालिकाले आफाई कुनै खबर नगरेको बताए । आफसुरक्षित नभएपछि सुरक्षा गरी पाउँ भन्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिएको मेहताले बताए । पर्खाल निर्माण गरिदिन गरेको आग्रह नगरपालिकाले सुनुवाई नगरेपछि मानव अधिकारको रक्षा गरी पाउँ भन्दै आफराष्ट्रिय मानवअधिकार आयोग विराटनगरसम्म पुगेको बताए । मेहता ०५६ सालदेखि दुर्गापुरमा मिल सञ्चालन गर्दै आएका छन् ।

Facebook Comments