काठमाडौँ , भदौ २२। प्रहरीले लेनदेनको विषयमा एक व्यक्तिलाई अपहरण गरेको अभियोगमा ८ जनालाई पक्राउ गरेको छ।
सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–४का ४७ वर्षीय बिष्णु कटुवाललाई अपहरण गर्ने काभ्रेका २३ वर्षीय दीपक भुजेलसहित ८ जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।
उनीहरुलाई भक्तपुरको सल्लाघारीबाट जवरजस्ती अपहरण गरी नालाको बाटोहुँदै काभ्रेतर्फ लिएर गएको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरी टोलीले धुलिखेलबाट पक्राउ गरेको हो।
घटनामा उनीहरुको प्रयोग गरेको बा५च ८७३५ नम्बरको कार, बा७८प ५०५ नम्वरको मोटरसाइकल र बा३४प ५०० नम्बरको स्कुटर पनि प्रहरीले नियन्त्रणमा लिएको छ भने अपहरणमा परेका कटुवाललाई सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका ८ जनामाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
nepalkhabar.com
3 प्रतिक्रिया
Pingback: We produce realistic dildo penis for women and realistic prosthetic penis for men.
Pingback: sen kaşındın amcık
Pingback: Bayan Eskort