कलाकारितामा जम्दै सुरेश

प्रत्येक मानिसको हजार सपनाहरु हुन्छन् तर अक्सर केही थान सपनाहरु मात्र सार्थक बनाउन सक्दछन् । यदि अनुशासित, लगनशील, मेनहती र धैर्यको सीमारेखाभित्र अनुबन्धित रहेर संघर्ष गरेको खण्डमा मानिस सफल पनि हुनेछन् । तीमध्येका एक पात्र हुन सुरेश तामाङ ।
बुबा आइतमान तामाङ, आमा कान्छीमाया तामाङको पहिलो सन्तानको रुपमा जन्मिएका हुन् सुरेश तामाङ । सुरेश तामाङ भने आधा दशकभन्दा बढी रोजगारीको सिलसिलामा प्रवासमा रहँदै आएका छन् । जेठो छोरो भएर होला व्यवहारिकतामा परिपक्वता भएको सुरेश तामाङ मिलनसार, इमान्दार र अनुशासित छन् ।

प्रवासको बसाइबाट नै कलाकारिता थालेका सुरेश तामाङद्वारा अभिनित म्युजिक भिडियो भर्खरै यसुन क्रियसनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । मोडलिङको दुनियाँमा सानै उमेरबाट रुचि भए पनि विभिन्न कारणले सुरुवात गर्न नसकिरहेको अवस्थामा प्रवासबाट भए नि मोडलिङको दुनियाँमा प्रवेश गरेकोमा आफूलाई खुसी ठान्दछन् । कलाकारितामा केही राम्रो सम्भावना भएको आशा लाग्दा प्रतिभा हुन सुरेश तामाङ ।

सुरेश भन्छन्, ‘नेपाली कलाकारितामा स्थापित हुनलाई अलि बढी नै संघर्ष गरिनुपर्छ र धैर्य पनि त्यो सामर्थ्य ममा छ, जसले भविष्यमा राम्रो कलाकार बन्न सक्छु भन्ने आश जोगाउँछ ।’ उनी त्यही जिजीविषालाई अँगालेर प्रवासमै भएन नि कलाकारितालाई निरन्तरता दिने बताउँछन् ।

भर्खरै सार्वजनिक भएको उनी अभिनित म्युजिक भिडियोबाट प्रशंसा बटुलेका सुरेश तामाङ भन्छन्, ‘प्रवासबाट भए नि नेपाली कलाकारितालाई केही थप टेवा दिन सकिने रहेछ ।’ सीमित प्राविधिकबाट पनि यत्तिको काम निकाल्न सकिएकोमा सम्पूर्ण टिमलाई आभार व्यक्त गर्दछन् । भर्खरै सार्वजनिक ‘नदेखौँ एकपल तिमीलाई’ बोल गीतको भिडियोमा नेपाली सांगीतिक क्षेत्रमा चर्तित संगीतकार तथा गायक ताराप्रकाश लिम्बूले सङ्गीत भरेका छन् भने लिम्बू र दिपा लामाले स्वर दिएका छन् । गीतमा सुरेश तामाङ र कल्पना गुरुङले उत्कृष्ट अभिनय गरेका छन् । राजेन्द्र खड्काको सम्पादन र शब्द तथा क्यामरा र निर्देशन सुन्दर लावतीले गरेका छन् ।

Facebook Comments