सडक दुर्घटनामा मलेसियामा एक नेपालीको मृत्यु

बैतडी,२९ भदौ।  सडक दुर्घटनामा परी मलेसियामा शुक्रबार एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा बझाङ्गको केदारस्युँ गाउँपालिका– ५ बाँझका ३० वर्षीय मानबहादुर बोहोरा रहेका छन्।

कोठाबाट कामका लागि कम्पनीतिर गइरहेका बेला जोहोरबारुमा सडक पार गर्ने क्रममा ट्याक्सीले ठक्कर दिएर गम्भीर घाइते भएका बोहोराको उपचारका क्रममा शुक्रबार बिहान ७ बजे एक स्थानीय अस्पतालमा मृत्यु भएको मलेसियाबाट रमेश साउदले जानकारी दिए।

बोहोरा विगत सात वर्षदेखि मलेसियाको सिनामो (सोफा) कम्पनीमा कार्यरत थिए। मृतक बोहोराको शव नेपाल ल्याउने तयारी गरिएको छ। मलेसियामा सडक पार गर्ने क्रममा धेरै नेपालीले अकालमै ज्यान गुमाउननुपरेको छ।

 

रासस

Facebook Comments